बुटवल : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) रुपन्देहीले “हाम्रा मागहरू पुरा गर” भन्दै रुपन्देही बुटवलका चारवटा निजि बाेडिङ्ग स्कुलका प्रवेश द्धार गेटहरुमा कालाेब्यानर टाँगेकाे छ । कालाे ब्यानर न्यु हाेराईजन बाेडिङ्ग स्कुल, अक्सफोर्ड बाेर्डिङ्ग स्कुल, एभरेस्ट बाेडिङ्ग स्कुल, दिप बाेर्डिङ्ग स्कुल लगायतमा टाँगेकाे छ । उक्त संगठनले हिजो एक विज्ञप्ति जारी गर्दै माग पुरा नभए संघर्ष गर्ने चेतावनी दिएको भाेलि पल्ट बिहानै कालाेब्यानर टाँगेकाे हाे । उक्त संगठनले १७ वटा माग पुरा गर भन्दै कालाेब्यानर टाँगेकाे हाे । कालाेब्यानरमा राखिएका मागहरू
“हाम्रा मागहरू पुरा गर !
१) सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक प्रतिरक्षात्मक र मनोवैज्ञानिक क्षमताको शिक्षा निशुल्क लागू गर ।
२) शिक्षालय देखि विश्वविद्यालय सम्म हुने शैक्षिक व्यापारको अन्त्य गर ।
३) सामुदायिक कलेजमा नाममा गरिने भ्रष्टाचारहरू अन्त्य गर ।
४) देशको सुचना बेचेर विदेशी दुताबासबाट ल्याई भ्रष्टाचार गरि आम्दानि गर्ने कार्य बन्द गर ।
५) सम्पूर्ण बौद्धिक शिक्षकहरुलाई क्षमता अभिवृद्धि गरि शैक्षिक बाताबरण र संरचनाहरू प्रयाप्त निर्माण गरि हामीलाई अध्यापन गरा ।
६) शिक्षकहरूद्वारा गरिने सबै खाले विभेद, अत्याचार र शोषणहरूको अन्त्य गर ।
७) शिक्षालयमा हुने मानसिक एवम् भौतिक यातनाका शिविरहरू खारेज गरि बन्द गर ।
८) छात्रा साथीहरू माथि गरिने हिंसा एवम् यौनशोषण अन्त्य गर, बलत्कार र हिंसामा संलग्न शिक्षकहरूलाई तुरुन्तै कारबाही गरि निष्कासन गर ।
५) स्वेच्छिक रूपमा विद्यालय स्थान्तरण गर्न पाउनु पर्छ ।
१०) निजि विद्यालय नाममा चर्को शुल्क लिएर ठग्ने कार्य बन्द गर, डेल्टा मार्ट लगायतका नाममा गरिने शैक्षिक व्यापार अन्त्य गर ।
११) शिक्षालय भित्रै शैक्षिक सामग्रीहरूको व्यापार गर्दै ब्रमलुट मच्चाउने कार्यहरु बन्द गर ।
१२) शैक्षिक पाठ्यक्रमहरूको व्यापार बन्द गरि निशुल्क रूपमा सम्पूर्ण पाठ्यक्रमका सामग्रीहरू उपलब्ध गर ।
१३) विश्वविद्यालय र क्याम्पसहरूका नाममा भएका शैक्षिक अराजकता र शैक्षिक व्यापारहरू तुरुन्तै बन्द गर।
१४) निशुल्क रूपमा उपलब्ध गराउदै आएको शैक्षिक पाठ्यक्रम, सेनेटरि प्याड, दिवा खाजाहरूमा गरिने भ्रष्टाचार एवम् मुनाफामुलक व्यापारहरू तुरुन्तै बन्द गर ।
१५ ) प्राविधिक शिक्षाका नाममा गरिने सम्पूर्ण भ्रष्टाचार, शैक्षिक व्यापार, अराजकता र व्यथितिहरू तुरुन्तै बन्द गर ।
१६) सरकारले माध्यमिक तह सम्म अनिवार्य निशुल्क शिक्षा भनेको छ तर यहाा सामुदायिक एवम् निजि स्कुलहरूले प्रवेश परिक्षा फारमका नाममा लिने शुल्क बन्द गर ।
१७) शैक्षिक व्यापार मच्चाएर, शिक्षाका नाममा लुटपाट मच्चाएर आफु र आफना श्रीमती र छोराछोरि नाममा क्यानडा, अस्ट्रेलिया, युके, हङकङ र अमेरिकाको पिआर लिई घरबार जमाउने कार्य बन्द गर, भाग्ने छुट हुदैन ।
अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला भेला आयोजक समिति, रूपन्देही”
बाेडिङ्ग स्कुलहरुमा टाँगिएका काला ब्यानरहरु