हाम्रा मागहरू पुरा नभए संघर्षमा उत्रिन बाध्य हुन्छौं : अनेरास्ववियु (क्रान्तिकारी)

बुटवल : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू पुरा नभए संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । अनेरास्ववियु(क्रान्तिकारी) का रुपन्देही जिल्ला संयाेजक आदित्य थापाद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत उक्त चेतावनी दिएको हाे । उक्त संगठनले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
“शिक्षा एउटा नागरिक र देश निर्माणको आधारशिला हो। यस्तो महत्त्वपूर्ण संवेदनशील विषयलाई राज्यद्वारा गैरजिम्मेवारी प्रस्तुत गर्दै शैक्षिक व्यापार गर्न दिनु, राज्यका महत्त्वपूर्ण निकायमा संलग्न व्यक्तिहरु कै नाममा शैक्षिक व्यापारीक टावरहरु खोलिनु र लगानी गरिनु लज्जास्पद कार्य हो। जसका कारण हामी विद्यार्थीहरुले निशुल्क शिक्षाबाट बन्चित मात्रै होईन् स्वदेश मै बसि देश निर्माण गर्ने सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक शिक्षा पाउन सकिरहेका छैनौं। हामीलाई अन्धकारमय घोकन्ते र हाम्रा प्रतिभाहरुलाई पलायन गराउने बाध्यकारि अव्यवहारिक शिक्षा त्यो पनि शैक्षिक व्यापारका नाममा दिईदै आईएको छ । हामीलाई यस्तो शिक्षा मान्य छैन ।

हामीलाई राज्यले सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक हाम्रै देश बनाउने, हाम्रो राष्ट्रिय गौरवपूर्ण नेपाली ईतिहासको जगको संरक्षण गर्दै राष्ट्रिय भावनाले ओतपोत हरेक क्षेत्रमा अव्वल हुने, प्रतिरक्षात्मक र मनोवैज्ञानिक क्षमताको शिक्षा निशुल्क रुपमा विश्वविद्यालय सम्म दिईनु पर्छ। हामीले पढेर मात्रै होईन् यही देशमा आमाले पकाएको खाना खाएर स्वाभिमानका साथ देश निर्माण गर्ने महान अभियानमा सरिक हुन पाउनुपर्छ, राज्यले निजीकरण र सामुदायिक नाममा गरिएको शैक्षिक व्यापार तुरुन्तै बन्द गर्नुपर्छ, मेडिकल शिक्षालय देखि विश्वविद्यालय सम्म हुने शैक्षिक व्यापारको अन्त्य गर्नुपर्छ, सामुदायिक कलेजमा नाममा गरिने भ्रष्टाचारहरु अन्त्य गरिनुपर्छ, देशको सुचना बेचेर अब्बलताका नाममा सामुदायिक एवम् निजि विद्यालयहरुले अनुदान भन्दै विदेशी दुतावासवाट ल्याई भ्रष्टाचार गरि आम्दानिको लैनो भैसी वनाउने कार्यलाई निस्तेज पार्नु पर्छ त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ, राष्ट्रलाई माया गरि निस्वार्थ जीवन सुम्पिने सम्पूर्ण बौद्धिक शिक्षकहरुलाई क्षमता अभिवृद्धि गरि उहाँहरुले सेवाभावका साथ शैक्षिक बाताबरण सिर्जना गरि प्रयाप्त संरचनाहरु निर्माण गरि हामीलाई अध्यापन गराईनु पर्छ, शिक्षकहरुद्धारा विद्यार्थी माथि गरिने सबै खाले विभेद अत्याचार र शोषणहरुको अन्त्य गर्नुपर्छ, शिक्षालयमा हुने मानसिक एवम् भौतिक यातनाका शिविरहरुलाई निर्मुल पार्नुपर्छ, छात्रा विद्यार्थी साथीहरु माथि गरिने हिंसा एवम् यौनशोषण र वलत्कारिहरुलाई तुरुन्तै कारवाही गरि निष्कासन एवम् दण्डित गर्नुपर्छ यी यस्तै हाम्रा थुप्रै मागहरूलाई राज्यले सम्बोधन गरोस्, यदि राज्यद्धारा सम्बोधन गरिए भने हामी चरणबद्ध संघर्षमा उत्रन बाध्य हुनेछौं सम्पूर्ण विद्यार्थी साथीहरूलाई समेत आफ्नो अधिकारका निमित्त संघर्षमा उत्रिन समेत आह्वान गर्दछौं ।”

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस