सशक्त बन्दै, श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठनको अभियान

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठनको अभियान तिव्र बनेको छ। वैचारिक रुपमा पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघले “आउनुहोस् हातेमालो गरौं! श्रमिक हाम्रो साथी, भरोसा गरौं उहाँहरुमाथि!!” नाराका साथ ४ महिने अभियान सञ्चालन गरिरहेको छ। संगठनका अनुसार उक्त अभियान घोषित रुपमा राष्ट्रिय सम्मेलन सम्म चल्ने बताईएकाे छ । उक्त अभियानकै क्रममा आज बिहान प्रमुख पेशागत संघहरु होटल तथा रेष्टुराँ श्रमिक, पेट्रोलियम ढुवानी, क्याटरिङ्ग र अटोमेकानिक्स श्रमिक संघको प्रतिनिधित्व हुनेगरी एक संगठन निर्माण एबं प्रचार प्रसार कार्यक्रम सम्पन्न गरिएको हो।

आज काठमाडौंको ठुलोभर्याङ्ग र स्वयम्भुमा कार्यक्रम आयोजना गरि सम्पन्न भएको हो। कार्यक्रममा महाँसंघका केन्द्रीय संयोजक समेत रहेका श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य बिनोद थापाको प्रमुख आतिथ्यता रहेको थियो। अभियानलाई पुर्ण र सार्थकतामा पुर्‍याउन संगठनका प्रत्येक तहबाट अघि बढाईएकाे बताइएको छ। यो बिचमा अटोमेकानिक्स श्रमिक संघको मातहत रहने गरि इकाइ तथा सम्पर्क कमिटी निर्माण भएका छन। यस्तै अखिल नेपाल क्रान्तिकारी संघसंस्था श्रमिक संघको केन्द्रीय समिति चन्द्रबहादुर बस्यालको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति पनि पुनर्गठन गरिएकाे छ । उक्त कार्यक्रममा पनि महासंघका संयोजक विनोद थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने महासंघका कार्यकारिणी सदस्यहरू ईश्वर बुढाथोकी, सुजाता रोका र भूमिका सिञ्जाली अतिथि हुनुहुन्थ्यो ।

होटल ,रेष्टुराँ लगायत क्षेत्र श्रमिकहरुले उठाइरहेको सेवा तथा सुविधा सँग सम्बन्धित माग सम्बोधन भएका छैनन्।पेट्रोलियम ढुवानी क्षेत्र श्रमिकहरु र रोजगारदाता पक्षबिचमा भएका कतिपय पुर्व सहमती समेत कार्यान्वयन नभएको अवस्था देखिन्छ भने अनौपचारिक क्षेत्र दैनिक ज्यालादारी ढुवानी श्रमिकहरुले अपेक्षित श्रम अभ्यासको निमित्त सास्ती ब्यहोर्नुपरिरहेको छ। कार्यक्रममा बोल्दै प्रमुख बक्ता बिनोद थापाले श्रमिकहरुमाथिको सबैखाले श्रमशोषण हल गर्न नवऔपनिवेशिक पुँजिवाद र पुँजिवादी सत्तासँग निर्णायक संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा महाँसंघ केन्द्रीय सदस्य समेत रहेका पार्टीको सम्मेलन आयोजक समिती सदस्य बिएस शर्मा (पौडेल)सहित महाँसंघका अगुवा नेता तथा पेशागत प्रतिनिधिहरु अतिथी हुनुहुन्थ्यो । अटोमेकानिक्स स्वरोजगार श्रमिक कौशर अलिको बिशेष उपस्थिति रहेको कार्यक्रममा श्रमिकहरुको सहभागिता प्रमुख आकर्षणको रुपमा रहेको थियो ।

अभियान क्रममा सदस्यता बितरण सहितको संगठन बिस्तारलाइ प्राथमिकतामा राखी श्रमिक हित बिरोधी पक्षसँग सशक्त संघर्ष गरिने समेत जनाइएको छ।कार्यक्रमको सञ्चालन महाँसंघका केन्द्रिय सदस्य सरोज न्याैपाने गरेका थिए। कार्यक्रममा महासंघ सम्बद्ध पेशागत संघ होटल तथा रेष्टुराँ, अटोमेकानिक्स र अन्यमा कार्यविभाजन सहित जिम्वेरी ठोस गरि पुर्णतामा जाने निर्णय समेत लिइएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस