काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उद्धार तथा राहतमा जुट्न अपिल गरेको छ । एक विज्ञप्ति जारी गर्दै देशभर अविरल परिरहेकाे बर्षाका कारण मानवीय एवम् भाैतिक क्षति भएको भन्दै उक्त दुखद् घटनामा दुख व्यक्त गर्दै केन्द्रीय संयाेजक समरजंगले मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकसन्तप्ध परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै उहाँले घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार संग तुरुन्तै निशुल्क उपचारकाे व्यवस्था गर्न, पुर्नरस्थापना तथा राहत उपलब्ध गराउन समेत माग गर्नु भयो । जारी गरिएको विज्ञप्ति जस्ताको त्यस्तै :
“देशका विभिन्न भू-भागमा भारी वर्षा एवम् बाढी-पहिरोले जन-धनको क्षति पुन्याएको छ । हिजो राती गुल्मीको मालिका गाउँपालिका ६, अर्जेको कँडेलपाटामा घर पहिरोले पुरिँदा ५६ वर्षका भेषबहादुर विक, उहाँकी श्रीमती ४७ वर्षकी सुन्तली विक, बुहारी ३० वर्षकी सीता विक, नातिनीहरू वर्ष ७ की सपना विक र वर्ष २ की विपना विकलाई पहिरोले पुरेको छ। पहिरोमा पुरिएकामध्ये भेषबहादुर विक, बुहारी सीता विक र सपना विकको शव भेटिएको छ। सुन्तली विक र विपना विकको खोजी भइरहेको छ । यसैगरी, बागलुङको गलकोट नगरपालिका ८, काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राती पहिरोमा पुरिएका हुन् । स्याङ्जामा पनि पहिरोले घर पुरिदा आमा-छोरीको मृत्यु भएको छ। फेदीखोला गाउँपालिका ५ मा शुक्रबार राती साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको छ। त्यसैगरी, ८ असार राती जाजरकोट, कुशे ४ श्री मालटकुरा माविका शिक्षक इन्द्रबहादुर रोकायको बाढीका कारण निधन भएको छ, यही घटनामा ६ जना घाइते भएका छन् । श्रमिक कम्युनिस्ट पार्टी नेपाल मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेको शीघ्र स्वास्थ्यलाभ कामना र शोकाकुल आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहतका लागि सरकारसँग जोडदार माग गर्दछ ।
क्रान्तिकारी अभिवादनसहित !”
उद्धार तथा राहतमा जुट्न श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे अाह्वान
प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस