साेह्राैं एसियन क्रसकन्ट्रि कि रजत पदक विजेता राजपुरा भन्छिन् देशको नाम राख्न मन छ

काठमाडौं : अाँफुले अवसर पाए खेलकुद र राष्ट्र सेवाबाट देशको नाम उचाे पार्ने मन भएको युवा महिला खेलाडी तथा राष्ट्रसेवक प्रहरी जवान राजपुरा पछाईले बताउनु भएको छ । उहाँ साेह्राैं एसियन क्रसकन्ट्रिमा रजत पदक विजेता पनि भईसक्नु भएको छ । उहाँले भन्नुभयो “राष्ट्रिय खेलकुद परिषद्, नेपालले ओलम्पिक खेलकुदले खुला छनाेट नगराउदा अाफुलाई दुखेसो लागेको छ” चिनमा भएको १९ अाैं एसियन खेलकुदमा ५ किलोमिटर दाैडमा उनलेे अहिलेसम्मकै बेस्ट टाईम (१७ मिनेट ५ सेकेन्ड) निकाले कि थिईन् । २०७९ सालकाे उत्कृष्ट महिला खेलाडी पनि बन्नु भएको थियोे ।

बिक्रम सम्बत् २०५४ सालमा अामा पिउलि पछाई, बाबा प्रेमबहादुर पछाईकाे काेखबाट जुम्ला जिल्ला कनका सुन्दरी गाउँ पालिका वडा नम्बर ६ सिँजामा जन्मनु भएकि पछाई यतिबेला काठमाडौंमा बसि अाफ्नाे दैनिक खेलकुदमा तालिम लिने गरिरहनु भएको छ । २०७२ सालदेखि नेपाल प्रहरीकाे जवानकाे पदमा कार्यरत हुनुहुन्छ । उहाँ सानैदेखि खेल क्षेत्र र प्रहरी बन्ने रुचि अनुसार यहीँ क्षेत्रमा प्रवेश गरेको समेत बताउनुभयो । उहाँले माध्यमिक तहको शिक्षा श्री कनका सुन्दरी उच्च माध्यमिक विद्यालय लुट्कु सिँजा जुम्लाबाट गरि +२ समेत पास गर्नु भएको छ । उहाँका बुबा अामा जुम्लामा हाेटल व्यवसाय गर्नु हुन्छ भने एक भाई पर्शुराम पछाईले बुवाकाे हाेटलमा साथ दिनु भएको छ भने अर्का भाइ भक्त बहादुर पछाई भर्खरै अाेभरसियर पढाइ सकेर अन्तिम नतिजाकाे पर्खाइमा हुनुहुन्छ । उहाँको अाठ जनाकाे परिवार हुनुहुन्छ । उहाँले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा झण्डै ३० अाेटा खेलकुदहरुमा सहभागी भई सक्नु भएको छ । अन्तर्राष्ट्रिय खेलकुदमा चिन,जापान,भारत,बङ्गलादेश र नेपाल गरि ६ वटा देशमा खेलकुदमा सहभागी भई सामुहिक र व्यक्तिगत गरि रजत पदक ३, कास्य पदक १ र १८ वटा राष्ट्रिय खेलकुदहरुमा प्रथम स्थान र सेकेन्ड ५ वटा गरि २३ वटामा विभिन्न पुरस्कार हाँसिल गर्न सफल हुनु भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस