हर्क साम्पाङले शुरु गरे प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाकाे माग गर्दै एकल प्रदर्शन

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको माग गर्दै साम्पाङले मङ्गलबार काठमाडौँमा एकल प्रदर्शन गरेका हुन् ।

‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ । उनी केही दिनदेखि काठमाडौँमा छन् । उनले काठमाडौँको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन् ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस