कपिलवस्तुमा वडाध्यक्ष उजेर अलि घुस सहित पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरेको छ ।

घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार लिएको अवस्थामा उनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यकक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस