सहिद र वेपत्ता योद्धाका परिवारजनहरु
हामी चौबीसौँ जनयुद्ध दिवसका अवसरमा तपाईंहरुसँगै काँधमा–काँध, हातमा–हात मिलाएर वैज्ञानिक समाजवादी जनगणतन्त्र प्राप्त गर्न क्रान्तिको नयाँ मोडेलका लागि पङ्क्तिबद्ध भएर अघि बढ्ने प्रतिज्ञा गर्दछौँ । तपाईंहरुका प्रियजनहरुको रगतमाथि होली खेल्ने र तपाईंहरुको आँसु र पसिनाको आहालमाथि डुबुल्की मार्ने प्रचण्ड, बाबुराम, बादल र नारायणकाजीहरु जनयुद्धको बध गर्न कस्सिएका कसाईहरु केपी ओली र माधव नेपालसँग मिल्न गएका छन् । अमेरिकाली साम्राज्यवादको दक्षीणकोरियामा रखबारी गर्ने कुत्ता हक जा हानमुनका ‘होली वाइन’ (पवित्र जाँड) चाखेर उनीहरुले नेपाली ‘सैतानहरु’ (क्रान्तिकारीहरु) लाई सखाप पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिद परिवारजन १ यी राक्षसहरुलाई होइन त तपाईंहरुले आफ्नो खाँदाखाँदै गरेको गाँस र सुत्न थालेको न्यानो ओछ्यान दिएर पालानपोषण गरेको र इतिहासले उनीहरुलाई अपराधी घोषणा गरेको छ, सहिद परिवारजन र नेपाली श्रमजीवी तथा उत्पीडित जनताले सजाय दिने नै छन् ।
सहिद परिवारजन र श्रमजीवी तथा उत्पीडित जनगण १ सहिदहरुले मनमस्तिष्कभरि महान् सपनाहरु सजाएका थिए । उनीहरुका सपना व्यक्तिगत थिएनन् । उनीहरुले आँखाभरि आँसु र मुटुभरि वेदना भरिएका शोषित–उत्पीडित जनताको सपना देखेका थिए । मानिसहरुद्वारा मानिसहरुको शोषणको अन्त्य भएको एउटा स्वच्छ हावा बहने गाउँ वा सहर होस् । गाउँ र सहरका मानिसहरुको श्रम सबैको कर्तव्य बनोस् र श्रमले मुक्ति पाओस् । यसले गर्दा गाउँ र सहरको, शारीरिक श्रम र मानसिक श्रमका बीचको भेदभाव हट्दै जाओस् । गाउँ वा सहरको मास्तिर लटरम्म स्याउ, नास्पाती, किबी र अङ्गुरहरु फलून् अनि गाउँ वा सहरको तलतिर फाँटहरुमा झपक्क धान, गहुँ र तोरीका बालाहरु झुलून् । सहर र गाउँभन्दा केही किलोमिटर पर नदीको किनारमा वा जङ्गलको छेउमा वैज्ञानिक ढङ्गले कारखानाहरु चलून्, बच्चाबच्चीहरुका लागि हरेक घरमा दुग्धशालामा जोडिएका पाइपबाट आवश्यक दूध आओस् । सहर र गाउँका बीचमा निकुञ्ज होऊन् । सुन्दर काठमाडौँ र पोखरा उपत्यकालाई कुरुप बनाउने भूमाफियामाथि अपराधी घोषणा गरेर जनअदालतमा बुझाइयोस् । काठमाडौँको बीच भागमा समग्र देशको जनप्रशासनिक निकाय होस् । त्यसको बाहिर हरित पेटी र त्यसका बीचबीचबाट विभिन्न प्रशासनिक निकायमा छिर्ने बाटाहरु, त्यसबाहिर निश्चित दूरीमा राखिएका घरहरुमा बजार । यो चक्रपछि फेरि चक्रपथ होस् र हरित चक्र र फेरि बजार । बीचबीचमा मानव जातिको सुविधाका लागि निकुञ्ज । यसरी नै तराईको उर्वर भूमि भूमाफियाको हातमा नजाओस् । त्यहाँ बजार र उत्पादन क्षेत्र छुट्ट्याइयोस् । देशका हरेक सहर र गाउँ धुवाँ–धुलोरहित होऊन् । कतै कोही रुने र कोही हाँस्ने स्थिति नबनोस् । कसैले मस्तीसँग लुटेर खाने र कोही रगत–पसिना बगाउँदा पनि कुपोषणले मर्ने स्थिति नबनोस् । हरेक मानिसले आफ्नो योग्यताअनुसार काम गरोस् र आवश्यकताअनुसार लैजाओस् । गाँस, बास, कपासको मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको समस्या कुनै टाउकोदुःखाइको विषय नहोस् । गाउँ–सहरको मास्तिर फल्ने स्याउजस्तै गाला भएका मानिस होऊन् र गाउँ र सहरको तल फाँटमा झुलेका अन्नबालीजस्तै खुसी जनगण होऊन् ।
यही सपना बोकेर उनीहरुले दस वर्षको गौरवमय हतिहासका हरेक मोर्चामा बलिदान गरेका थिए । उनीहरुले त्यो बलिदान जुन सत्ताका विरुद्ध विद्रोह गर्दा गरेका थिए त्यसैमा आँखा चिम्लेर हाम्फाल्नका लागि होइन । एउटा भौतिकवादी कम्युनिस्ट क्रिस्चियन भएर डलर पाउने रुढिवादी आदर्शवादको चाकर बन्नका लागि होइन । उनीहरु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विजयका लागि र अधिभूतवादी आदर्शवादको पराजयका लागि लडेका थिए । ती सहिद योद्धाहरुले दह्रोसँग समातेका बन्दुकहरुमा गोलीको म्यागेजिन मात्र थिएन, दिमागमा माक्र्सवाद–लेनिनवाद– माओवादको म्यागेजिन पनि जोडिएको थियो । त्यसकारण जनयुद्धमा बन्दुकको मोहरीबाट विध्वंशक गोली मात्र निस्केका थिएनन्, बरु सिर्जनाका फूलहरु फुलेका थिए । कविता, गीत र उपन्यासहरु लेखिएका थिए । नयाँ विद्यालयहरु खुलेका थिए । होलेरीदेखि थबाङसम्म सहिद मार्ग खनिएको थियो । रोल्पाको घोर्नेटीमा जननमुना अस्पताल बनेको थियो । त्यो यात्रा जारी छ । जनयुद्धमा जसरी नयाँ विचारधारा, नयाँ सस्कृति, नयाँ चालचलन र रीतिरिबाजको विकास हुँदै थियो त्यसरी नै हामी त्यसको विकास गर्दैछौँ । हाम्रा बन्दुकहरुले समाजवाद ल्याउने मात्र होइन, समाजवाद टिकाउने विचारधारा विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
खबरदार, धोकेबाज प्रचण्डहरु फेरि ‘ठूलो माओवादी आन्दोलन हुनसक्छ’ भनेर हाम्रा बन्दुकहरुलाई नगदीकरण गर्ने षड्यन्त्र नगर । तिम्रा सबै कर्तुतहरु हामीलाई राम्रोसँग थाहा छ । जनयुद्धको ब्याज खाँदै नयाँ क्रान्तिको नगदीकरण गरी तिमी केपी ओलीलाई तर्साएर भारतको आडमा प्रधानमन्त्री बन्ने दुस्साहस नगर । भेनेजुएलाका माडुरोलाई समर्थन गरेर भारतको आड लिने र चिनियाँ विश्वास जित्ने कल्पना नगर । भारतका मोदी र चीनका सी चिन फिङ तिमीभन्दा धेरै बाठा छन् । आदरणीय सहिद तथा बेपत्ता योद्धा परिवारजन र घाइते–अपाङ्ग योद्धाहरु, जनयुद्धले हामीलाई बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउनैपर्छ भन्ने माओको भनाइलाई पुष्टि गरेको छ । उत्पीडित जनसमुदायको कुनै पनि सदस्यले बन्दुक चलाउने कला नसिकीकन र बन्दुक उठाउने साहस नगरीकन मुक्ति प्राप्त गर्न चाहन्छ भने त्यो दास हुन लायक हुन्छ । संसदीय चुनावबाट न कुनै उत्पीडित वर्गको सदस्य मुक्त हुनसक्छ, न त उत्पीडित वर्गको सत्ता प्राप्त हुन्छ । बरु पार्टीले बन्दुक चलाउनुपर्छ र बन्दुकले पार्टी चलाउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । क्रान्तिकारी भनेको त्यो हो जसले बन्दुक लिएर समाज रुपान्तरण गर्दछ । बन्दुक लिएर जसले उत्पीडित वर्गको शोषण, दमन र अत्याचार गर्दछ त्यो शोषक वर्ग हो । यही कुरा आज केपी ओली र पीके दाहालले गरिरहेका छन् । उनीहरुले बन्दुक लिएर तस्करी, भ्रष्टाचार र बलात्कार गरिरहेका छन् । त्यसकारण बन्दुक उठाउँदैमा कोही पनि क्रान्तिकारी हुँदैन । वर्गदृष्टिकोणसहितको बन्दुक मात्र सार्थक हुन्छ ।
हामी हाम्रा कमरेडहरुलाई दस वर्षको गौरवमय इतिहासमा देशका गाउँ–बस्ती र कुनाकन्दरामा दफनाएर आएका छौँ । त्रिवेणी, बेथान, घोराही, अछाम, सल्लेरी, स्याङ्जा, सतीपोले, गाम, चित्रेभन्ज्याङ, बेनीबजार जुम्ला, सन्धिखर्क, ठाकुरद्वारा आदि ब्यारेकहरुमाथि हमला गर्दा विजय र पराजय दुवैका लागि वीरहरुलाई छोडेर आएका छौँ । हामीले मालेमावादको मार्गनिर्देशनमा सहिदहरुको रगतले सिँचिएको नेपाली क्रान्ति र वैज्ञानिक समाजवादको विकास गरेका छौँ । यसलाई लागू गर्नु नै सहिदहरुको सपना साकार पार्नु हो । हामी जनयुद्धको २९औँ वार्षिकोत्वका अवसरमा सहिदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
(२०७४ इतिहासकाे पानाबाट केही सम्पादनसहित पुन प्रकाशित)