परिक्षामा संलग्न विद्यार्थीकाे हाजिरी कटाउने निरिक्षकलाई कार्वाहीकाे माग

पाेखरा : माेहन वैध नेतृत्वको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले परिक्षामा संलग्न विद्यार्थीकाे हाजिरी कटाउने निरिक्षकलाई कार्वाहीकाे माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै भनेको परिक्षा हलमा उपस्थित निरिक्षकको नियोजित र षडयन्त्रपूर्वक ढङ्गले परिक्षार्थीको हाजिर काटिएको हाम्रो ठम्याई छ । क्यामपस प्रशासनले उक्त निरिक्षक र उक्त घटनालाई ढाकछोप गरी विद्यार्थीको भविष्य अन्योलमा पारेको छ । तत्काल निष्पक्ष रूपमा छानविन गरी उक्त निरीक्षक लाई कारवाहीको प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई जोडदार माग गर्दछौं । साथै छात्राको भविष्य माथी थप खेलबाड नगरी छात्राको न्यायको निम्ति प्रक्रिया अगाडि बढाउन माग गर्दछौं ,अन्यथा हाम्रो कडा संघर्ष गर्न बाध्य हुनेछ ।
विज्ञप्ति जस्ताको त्यस्तै
“२०८० बैशाख १६ गते पृथ्वीनाराण क्याम्पसको हल ४११ मा संचालन भएको मेजर अंग्रेजी प्रथम वर्ष (४२१) को परिक्षामा छात्रा स्मृती पोखरेल उपस्थित भई परिक्षा दिनु भएको तर नतिजा प्रकाशन हुँदा अनुपस्थित भनी प्रकाशन भएको कुरा मिडियामा सार्वजानिक भएको छ। उक्त परिक्षा हलमा उपस्थित निरिक्षकको नियोजित र षडयन्त्रपूर्वक ढङ्गले परिक्षार्थीको हाजिर काटिएको हाम्रो ठम्याई छ । क्यामपस प्रशासनले उक्त निरिक्षक र उक्त घटनालाई ढाकछोप गरी विद्यार्थीको भविष्य अन्योलमा पारेको छ । तत्काल निष्पक्ष रूपमा छानविन गरी उक्त निरीक्षक लाई कारवाहीको प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई जोडदार माग गर्दछौं । साथै छात्राको भविष्य माथी थप खेलबाड नगरी छात्राको न्यायको निम्ति प्रक्रिया अगाडि बढाउन माग गर्दछौं ।

यस विषयलाई गम्भीरता पूर्वक हेरी र उक्त निरिक्षकलाई कारवाहीको दायरामा नल्याई लुकाउने प्रयास क्यम्पस प्रशासनले गर्छ भने हाम्रो संगठन संघर्ष गर्न बाध्य हुनेछ ।”

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस