कार्यलयमा कालाेब्यानर प्रदर्शन पछि २४ घण्टा भित्रै काम सुचारु

धनगढी : माेहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले कालाेब्यानर कार्यलय अगाडि प्रदर्शन गरेपछि काम सुचारू भएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगेका थियोे । सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको थियोे । उक्त ब्यानर टाँगिए पछि कम्पनीले २४ घण्टा भित्रै अाजकाट काम सुचारू गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस