काठमाडौं : आवरणमा लुकेका माफिया र जनविरोधी गिरोहप्रती अखिल(क्रान्तिकारी) ले घृणा र निन्दा गरेको छ । अाज माेहन वैध निकट अखिल(क्रान्तिकारी) विश्वविद्यालय सिटिईभिटि समितिले एक विज्ञप्ति जारी गर्दै आवरणमा लुकेका माफियाहरूको मतियार, विद्यार्थी र आमजनविरोधी यस्ता छ्द्म गिरोहप्रती हाम्रो सङ्गठन निन्दा, खेद र घृणा व्यक्त गरेकाे हाे ।
उसले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै
“प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमोसो लगाइएको विषयलाई लिएर ७ फागुन २०८० मा अनलाइन मिडिया बाह्रखरिमा हाम्रो सङ्गठनलाई बदनाम गर्ने उद्देश्य र शैक्षिक माफिया विरुद्धको विद्यार्थी आन्दोलनका विरुद्ध लेखिएको समाचारले हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारले फर्जी विषय बनाएर विषयान्तर गर्न खोजेको र खगेन्द्र प्रसाद अधिकारीको काला कर्तुतहरूमा पर्दा हाल्ने र क्रान्तिकारी आन्दोलनका विरुद्ध विषवमन गर्ने दुष्प्रयास योजनाबद्ध रुपमा गरेको छ । पत्रकारीताको न्युनतम मूल्य र मान्यता विपरित एकपक्षीय रुपमा अनर्गल भ्रमपुर्ण प्रचार गरेर पित पत्रकारीताको घृणित नमुना पेश नगर्न सम्बन्धित मिडियालाई चेतावनी दिन चाहान्छौँ । पत्राकारीताको आवरणमा लुकेका माफियाहरूको मतियार, विद्यार्थी र आमजनविरोधी यस्ता छ्द्म गिरोहप्रती हाम्रो सङ्गठन निन्दा, खेद र घृणा व्यक्त गर्दछ । साथै सङ्गठनले निज खगेन्द्र प्रसाद अधिकारीसँग चन्दा/पैसा मागेको प्रमाण प्रस्तुत गर्न चनौती दिन चाहान्छौँ । अन्यथा झुठो र भ्रामक हल्ला नगर्न कडा चेतावनी दिन चाहान्छौँ ।
पदिय दुरुपयोग गरी कमाएको अकुत सम्पत्ति तुरुन्त राज्यलाई बुझाउन पनि हामी चेतावनी दिन चाहन्छौँ ।अख्तियार अनुसन्धान आयोग, सिआइबी र सम्पत्ति सुद्धिकरण विभागलाई आवश्यक छानविन गरी कार्बाही गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै सिटिइभिटीमा प्रवेश निषेध गर्न र भ्रष्ट उपाध्यक्षलाई बर्खास्त गर्न शिक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराउन चाहान्छौँ । भ्रष्ट खगेन्द्र प्रसाद अधिकारीको काला कर्तुतका प्रमाणहरू क्रमशः सार्वजनिक गर्दै लगिनेछ । भ्रष्टाचारीलाई संरक्षण गर्ने जो कोहीको पनि कडा प्रतिवाद गरिने कुराको जानकारी पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौँ ।”