लत्ताकपडा पुर्याउन गएका साथी पनि गिरफ्तार,अमानवीय कार्य विरुद्ध संघर्ष गर्ने चेतावनी

काठमाडौं : विना कारण पाेखराबाट गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका संगठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपुर्वक गिरफ्तार गरिएकाे भन्दै संगठनले आक्राेश पाेखेकाे छ । क्रान्तिकारी युवा संगठन,नेपालका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति जारी गर्दै गिरफ्तार संगठनका नेताहरूलाई तत्काल रिहा नगरे सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस