युवाका केन्द्रीय नेता सुर्यको रिहाइको माग,अन्यथा परिणाम भयावह हुने चेतावनी

पाेखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कास्किले पार्टीको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य, कास्की जिल्ला संयोजक तथा पार्टी जिल्ला समिति सदस्य कमरेड सुर्य लाई पार्टी संगठनको काम गर्दै गर्दा २०८० फागुन ५ गते दिउँसो गिरफ्तार गरेको भन्दै अाक्राेस व्यक्त गरेको छ । साथै उनलाई बिनासर्त रिहाइको माग समेत गरेको छ । उक्त पार्टीका जिल्ला संयाेजक सुजनले एक विज्ञप्ति जारी गर्दै यदि उनको बिनासर्त रिहाइ नगरिए भयावह हुने चेतावनी समेत दिएका छन् ।
विज्ञप्ति जस्ताको त्यस्तै
“हाम्रो महान तथा गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भ्रष्टाचार, अनियमितता, कमिसनखोर, लुटखसोट, मिटरव्याज तथा सहकारी द्वारा गरिएको आर्थिक शोषण लगायतका सम्पूर्ण जनतामारा र राष्ट्र विरोधी गतिविधि विरुद्ध संघर्ष गर्दै वर्तमान संकट र समस्याहरूको जड दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै समाजवादी जनगणतन्त्रको स्थापनार्थ संघर्ष गरिरहेको बिषय गर्न चाहान्छौं ।

यसबीचमा हाम्रो पार्टीको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य, कास्की जिल्ला संयोजक तथा पार्टी जिल्ला समिति सदस्य कमरेड सुर्य लाई पार्टी संगठनको काम गर्दै गर्दा २०८० फागुन ५ गते दिउँसो मात्रै यो युवामारा वर्तमान दलाल गृह प्रशासनको प्रहरीले बिनाकारण गरेको गिरफ्तारीले हामीलाई आक्रोशित बनाएको छ । हामी उक्त गैरन्यायिक गिरफ्तारीको निन्दा व्यक्त गर्दै गिरफ्तार कमरेडको विनासर्त रिहाइको माग गर्दछौं । अन्यथा संघर्ष बाट आउने हरेक परिणामको जिम्मेवार स्वयं राज्यसत्ता हुनुपर्नेछ ।”

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस