ऐतिहासिक मंगलसेन विजयी माेर्चाका महान याेद्धा सहिद तुफानकाे स्मृतिमा छात्रवृत्ति प्रदान

सुर्खेत : ऐतिहासिक मंगलसेन विजयी माेर्चाका महान याेद्धा सहिद तुफान (गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंह समरजङ्गले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको “बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति” श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ । २०५८ साल फागुन ४ गते राति जनमुक्ति सेना नेपालले अछामको सदरमुकाम मङ्गलसेन कार्वाही गर्ने क्रममा कमरेड तुफानलगायत दर्जनौं महान योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । उक्त कारबाहीमा जनमुक्ति सेना,नेपालले अछामको सदरमुकाम मंगलसेन अाक्रमण गरि कब्जा गर्दै ऐतिहासिक विजयी प्राप्त गरेका थिए ।

छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना सिंह र जेहेन्दार छात्र कक्षा ५ का प्रशान्त सिंहलाई नगद रूपैयाँ पाँच पाँच हजारका दरले एक समारोहका बीच प्रदान गरिएकाे हाे ।

नेता पुर्ण बहादुर सिंह समरजंग र महान सहिद कमरेड तुफान त्यसै विद्यालयकाे स्थापना वर्षबाट नै औपचारिक शिक्षाको प्रारम्भ गरेका थिए । जनकल्याण विद्यालयको स्थापना र विकासमा श्री बितु सिंहलगायत अग्रजहरूको महत्त्वपूर्ण योगदान समेत रहेको छ । नेता सिंहले २०७८ सालमा एक कार्यक्रमका बिच छात्रवृत्तिको घाेषणा गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस