वित्तीय अाँतक विरुद्ध सिडियाेकाे ध्यानाकर्षण,कारबाही नगरिए कडा संघर्ष गर्ने चेतावनी

बुटवल : रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थित प्रभु बैङ्कका इन्चार्ज निराजन बिक्रम शाहले एक करोड एक तीस लाख रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गरेको छ ।

जनताले बचत गरेको रकम अपचलन गरि शाह बेपत्ता भएको भन्द उनलाई राज्यले गिरफ्तार गरि कानुनी कार्बाही गर्न जिल्ला प्रसाशनमा क्रान्तिकारी युबा सङ्गठन नेपाल जिल्ला समिति रुकमका संयोजक महेस बुढाथोकी द्वारा ध्यानाकर्षण पत्रमा उल्लेख छ । ध्यानाकर्षण बुझाउदै बुढाथोकीले भन्नुभयो कारबाही नगरिए क्रान्तिकारी यूवा संगठन,नेपाल कडा संघर्षमा उत्रिन बाध्य हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस