अाज क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरूद्ध विरोध तथा धर्ना कार्यक्रम गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्ने भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश सङ्गठन समितिले भोलि (आइतबार) वायु सेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्न लागेको हाे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भोलि हुने वायु सेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस