मस्टा प्रा.विमा भएकाे अनियमितता बारे आरसिपि,जाजरकोटकाे गम्भीर ध्यानाकर्षण

सुर्खेत : जाजरकोट जिल्लाको कुँशे गाउपालिका – ८ कफल्लाकाे मस्टा प्राथमिक विद्यालयमा भएकाे आर्थिक अनियमितताबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,जाजरकोटले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

बिहिवार जिल्ला ईन्चार्ज प्रेम बहादुर चलाउने “अनन्त” र संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा मार्फत बिद्यालयकाे प्रअ द्वारा गरिएकाे आर्थिक अनियमितता बारे पार्टीको ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

बिद्यालयका शिक्षक,बुद्धिजीवी र अबिभावककाे राेहबरमा २०८० असाेज ५ गते बसेकाे बैंठकले साेहि बिद्यालयका प्रअले रु ५,७८,१८८ रुपैया अनियमितता गरेकाे प्रमाणित गरेकाे थियाे । उक्त बिषयलाई स्थानीय सरकार र शिक्षा इकाईले समेत संरक्षण गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । विज्ञप्तिमा भनियकाे छ “आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा गरिएको अनियमितता र भ्रष्टाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भयकाे ब्यहाेरा जानकारी गराउदै उक्त कार्यलाई तत्काल नसच्याईएमा त्यसबाट निस्कने परिणामकाे जिम्मेवारी स्वयंम ब्यक्ति र स्थानीय सरकार रहने ब्यहाेरा समेत उल्लेख गरिन्छ ।” विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस