पाल्पामा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले गर्याे चार `स´ अभियानकाे उद्धघाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला संगठन समितिले चार `स´ अभियान उद्धघाटन गरेको छ । अाज एक कार्यक्रममा बिच क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला संगठन संयाेजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्धघाटन गर्नु भएको थियोे । चार अभियानले सम्पर्क,सम्बन्ध,संगठन र संघर्षलाई जाेड दिने अभियानका कमान्डर दिग्दर्शनले बताउनु भएकाे छ ।

अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम,केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संगठन समितिका ईन्चार्ज ज्वाला,क्रान्तिकारी युवा संगठन,नेपाल रुपन्देही जिल्ला संगठनका संयाेजक अाेमकुमार लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो । अभियान उद्धघाटन कार्यक्रमकाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले गर्नु भएको थियो भने संचालन पार्टी जिल्ला कार्यलय सचिव हेमन्तले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस