ऐतिहासिक माघ १८ पाल्पा कब्जाकाे दिन स्मरण गर्दै RCP पाल्पाले मनायो १८ अाैं विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला संगठन समितिले महान जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवकाे रुपमा मनाएकाे छ । २०६२ माघ १८ गते राति महान जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन अाक्रमण गरि कब्जा गरिएको थियो । अाज पाल्पाको तानसेन सदरमुकाममा अायाेजित उक्त विजय उत्सव कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले क्रान्तिकाे निरन्तरता कै क्रममा याे विजय उत्सव मनाईएकाे बताउनु भएको छ । उहाँले उक्त परिवर्तनकारी अान्दोलनमा पाल्पालि उत्पिडित जनताको साथमा मुक्ति अान्दोलन निरन्तर चलिरहेको बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम,केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संगठन समितिका ईन्चार्ज ज्वाला,क्रान्तिकारी युवा संगठन,नेपाल रुपन्देही जिल्ला संगठनका संयाेजक अाेमकुमार लगायतका अतिथिहरु सहित जिल्लाका नेताकार्यकर्ताहरुकाे बिचमा सम्पन्न भएको छ । कार्यक्रमकाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले गर्नु भएको थियो भने संचालन पार्टी जिल्ला कार्यलय सचिव हेमन्तले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस