क्रान्तिकारी युवा संगठन सुपले भन्यो प्रवेश शुल्क नतिर्नुस्,सरकारले बजेट दिएको छ

धनगढी : माेहन बैध नेतृत्व निकट क्रान्तिकारी युवा संगठन सुदुर पश्चिम प्रदेश संगठन समितिले प्रवेश शुल्क नतिर्न हार्दिक अपिल गरेको छ । तेस्रो मुख्यमन्त्री पुरुष भलिवल प्रतियोगितामा प्रदेश सरकारले बजेट विनियोजन गर्दागर्दै पनि प्रवेश शुल्क लिईनु गलत भएको बताएको छ । अाज उसले पत्रकार सम्मेलन गर्दै उक्त कुराकाे अपिल गरेको हाे । उक्त संगठनले गरेको पत्रकार सम्मेलनकाे अपिल जस्ताको त्यस्तै

“सर्वप्रथम तेस्रो मुख्यमन्त्री पुरुष भलिवल प्रतियोगिता हाम्रो देशका ७ वटा प्रदेशबाट भलिवल खेलाडि साथिहरु लाई हाम्रो संगठन हार्दिक स्वागत गर्दछौं ।

हामी हाम्रो संगठन कदापि खेलकुद विरोधि हैनौँ हामी यो कुरा अवगत गराउन चाहन्छौ । हामी केवल नितिगत भ्रष्टाचारका विरुद बोलि रहेका हौं। हाम्रो जिल्ला संगठन समिति युवा र अखिल ( क्रान्तिकारी) कञ्चनपुरले प्रवेश शुल्क नलिनुस भनि अनुरोध गरेको थियो । हाम्रा दुवै जिल्ला संगठन समितिले सयुक्त वक्तव्य जारी भएपछि खेलकुद सचिवालयले सयुक्त विधार्थी बैठक बोलाएर छलफल गर्दा केही उपलब्धि भएको छ। तर विशेष माग सम्बोधन टिकट खारेज गर्ने कुनै छाटकाठ नदेखिएपछि संयुक्त बैठक बहिस्कार गरेर आएको छ, हाम्रा सयुक्त संगठनले मञ्चको मुख्य गेटमा कालो व्यानर लगाईएको थियो ।

त्यसपछि पनि हाम्रा सयुक्त संगठन जिल्ला समितिले सुचनाको हक सम्बन्धी एन २०६४ को हकदावी गरी ६१ लाख ३५ हजार रकम कुन शिर्षकमा कति छुटाएको छ भनि खेलकुद परिषद् सदस्य सचिव दिपक सिहलाई पत्र बुझाउन खोज्दा गैरजिम्मेवारी अभिव्यक्ति दिए पत्र बुझ्न मानेन् ।

व्यवस्थापनको पाटोमा पनि धेरै पुरै गोन्जागोल भएको देखिन्छ । भित्तेलखनमामा एकरुपता छैन, भित्र मञ्च व्यवस्थापनमा पनि सरकारी निकायको सेना सशस्त्र संगठन आएर व्यवस्थापन गरिएको छ । बजारमा पुजि चलयमानबाट बञ्चित गरीएको छ ।

टिकट पनि रु. २०, रु. ५० र रु. ५०० काटिएको देखिन्छ ।जिल्ला भलिवल संघ, पत्रकार मित्रहरु, खेलकुदप्रेमि र सम्पूर्ण सुदूरपश्चिम वासिलाई गुमराहमा राखेर भलिवल खेल आयोजना भएको छ । तसर्थ खेलकुद आयोजक समितिलाई प्रवेश शुल्क नलिन र खेलकुदप्रेमि, बुद्धिजिवि, समाजसेवि, राजनीतिक दलहरु, पत्रकारमित्रहरु लगायत आमजनसमुदायलाई प्रवेश शुल्क नतिर्न हार्दिक अपिल गर्दछ ।”

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस