जाजरकोटका नरिबान टमटा भारतमा बेपत्ता,खाेजि गरिदिन घर परिवारकाे आग्रह

जाजरकोट : जाजरकोटमा एक जना ब्यक्ति भारतमा बेपत्ता भयका छन । जिल्लाको छेडागाड नगरपालीका वडा नं ५ बस्ने बर्ष ४५ का नरिबान टमटा काम को सिलसिलमा भारतको गडुवाल को थलाली देखि बेपत्ता भएका हुन् । उनी संगै भयका साथिहरुले उनी कहि कतै पनि सम्पर्कमा नभयकाेले घरमा पनि उनी संग सम्पर्क नभयकाे घर परिवारले बतायका छन् ।

घरमा आर्थिक अवस्था निकै कमजोर भयकाे र जमिन पनि थाेरै भयका टमटा राेजगारीकाे लागि एक महिना अगाडि भारत गयका थिय । घरमा ४ जनाको परिवार छ, श्रीमती, दुई छोरा र एक बुहारी छन । परिवारले उनिलाई खाेजि गरिदिन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस