राष्ट्रिय भलिबल प्रतियोगिताकाे प्रवेश शुल्क खारेजकाे माग टाँसियाे मुलगेटमा कालो ब्यानर

धनगढी : क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल(क्रान्तिकारी) कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै प्रवेशद्वारमा कालो ब्यानर लगाएको छ । ती दुबै संगठनले शुक्रबार विद्यार्थी र सर्वसाधारणका लागि तोकिएको प्रवेश शुल्क खारेजीका लागि मागपत्र बुझाएको थियो ।

शनिबार विहान ११ बजे भलिबल खेलको सचिवालयले संयुक्त रुपमा विद्यार्थी संगठनसित छलफल गरेका थिए । बैठकमा सहमति नभएपछि क्रान्तिकारीका अध्यक्ष विरेन्द्र नाथ बाहिरिएका थिए । त्यसपछि केही समय अघि साँझ खुला मञ्चकाे गेटमा कालो ब्यानर लगाएको हो ।

‘सरकारबाट तेस्रो मुख्यमन्त्री पुरुष भलिवल प्रतियोगिता लागि प्रदेश सरकारबाट रु. ८०,००,०००० अस्सी लाख विनियोजन गर्दागर्दै पनि दर्शकहरुलाई लगाईएको शुल्क निकै खेदजनक छ । तसर्थ उक्त शुल्क विधार्थिलाई रु. २० र सर्वसधारणलाई रु. ५० का दरले लगाएको प्रवेश शुल्क नतिर्न हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल(क्रान्तिकारी) ले सबै कञ्चनपुर वासिहरुमा हार्दिक अनुरोध गर्दछ’ ब्यानरमा लेखिएको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस