सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने पाँच सरकारि कार्यलयका ११ वटा गाडी नियन्त्रणमा

धनगढी : सार्वजनिक सम्पत्ति दुरुपयोग गरेकाे भन्दै पाँच वटा सरकारि कार्यलयका ११ वटा गाडीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नियन्त्रणमा लिएको छ । शनिबार सार्वजनिक बिदाको दिनमा समेत सञ्चालन भएका ११ वटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,कैलालीले सार्वजनिक विदाको दिनमा सरकारी गाडी दुरुपयोग भएको व्यापक जनगुनासो आएको भन्दै नियन्त्रणमा लिइएको बताईएको छ ।

नियन्त्रणमा लिइएका गाडिहरुमा जिल्ला वन कार्यालय कैलाली, कृष्णपुर नगरपालीका बझाङ,चूरे गाउँपालिका, गोदावरी नगरपालिका,प्रदेश कार्यालय लगायतका गाडीहरु बिभिन्न ठाँउबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएका गाडीलाई पत्रकार र स्थानियको रोहबरमा क्षेत्रीय ट्राफिक कार्यलय अत्तरिया कैलालीमा बुझाइएको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस