पिएन क्याम्पस,पाेखरालाई १० बुँदे मागपत्र,पुरा नगरे चरणबद्ध संघर्ष गर्ने चेतावनी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पृथ्वीनारायण क्याम्पस पाेखरालाई १० बुँदे मागपत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रहेको उक्त संगठनले १० बुँदे मागपत्र पुरा नगरे चरणबद्ध संघर्ष गर्ने चेतावनी समेत दिएको छ । उक्त संगठनले बुझाएको मागपत्र जस्ताको त्यस्तै तल

“त्याग, बलिदान र संघर्षको रक्तरन्जित ईतिहास निर्माण गर्दै सडकबाघको रूपमा स्थापित हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी। शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगति, राष्ट्रियता, जनतन्त्र, जनजीविका र सामाजिक अपराधका विरुद्धमा सदैव संघर्ष गर्दै आइरहेको कुरा यहाँहरूमा सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो यस पृथ्वी नारायण क्याम्पसमा पछिल्लो समय विविध खाले समस्या देखिएका छन् जसले गर्दा विद्यार्थीलाई समस्या परिरहेको छ। त्यसैले क्याम्पसमा रहेका समस्या समाधान गर्न निम्न माग पेश गर्दछौ ।

१. छात्रा विद्यार्थीलाई आवश्यक हुने प्याड उपलब्ध गराउने,
२. पुस्तकालय बिहानमा पनि सञ्चालन गराउने,
३. विद्यार्थीको आशिक परीक्षा सञ्चालन गराउने,
४. नियमित रूपमा पढाइ हुने वातावरण तयार गराउने,
५. क्याम्पस परिसर सरसफाईमा विशेष जोड दिने,
६. आवश्यकता अनुसार कक्षाकोठाको फर्नीचर परिवर्तन गराउने,
७. क्याम्पसको सटरमा सुर्तीजन्य पदार्थ बेचविखनमा प्रतिबन्ध गराउने,
८. सरसफाई तथा पिउने पानिको व्यवस्था गराउने,
९. सम्पूर्ण भयालमा सिसा तथा पर्दाको व्यवस्था गराउने,
१०. शौचालयको ढोका तथा धारा व्यवस्थित तथा सफाई गराउने, ११. विद्यार्थी कल्याण शाखा प्रमुख बिहान पनि उपस्थिति गराइयोस् ।
यस विषयलाई गम्भीरता पूर्वक हेर्न पनि अनुरोध गर्दछौ। हेर्दा सामान्य देखिने तर जटिल विषयलाई लिएर गरिएको हाम्रो यो माग सम्बोधन नगरिएमा तत्काल थप संघर्ष गर्ने चेतावानी पनि दिन चाहन्छौ।
क्रान्तिकारी अभिवादन सहित ।”

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस