क्रान्तिकारी महिला संगठन,नेपाल ३ प्रदेशको एकता अधिवेशन सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठनको प्रदेश ३ को एकता अधिवेशन सम्पन्न भएको छ । पार्टी कार्यालय कुपण्डोलमा शनिबार सम्पन्न एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।

एकता अधिवेशनले मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सहसंयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), गोमा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता गौतम (रामेछाप), सुमित्रा तामाङ (नुवाकोट), गायत्री थपलिया (सम्पर्क मञ्च)लाई सदस्यमा चयन गरेको छ । एकता अधिवेशनबाट दुई जना सदस्य पछि थप्ने पनि म्याण्डेट लिइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यता र क्रान्तिकारी महिला संगठनकी संयोजक अम्बिका मुडभरीको विशेष आतिथ्यतामा सम्पन्न भएको एकता अधिवेशनको अध्यक्षता धनमाया निरौला अनुले गर्नुभएको थियो भने सञ्चालन शान्ता पण्डितले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विमला भण्डारीले गर्नुभएको थियो ।

मैनवत्ती बालेर उद्घाटन गरिएको एकता अधिवेशनमा क्रान्तिकारी महिला संगठनका केन्द्रीय सहसंयोजकद्वय अन्जना तामाङ, शारदा महत, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनकी संयोजक इन्दिरा अधिकारी, अखिल नेपाल जनसांस्कृतिक महासंघकी प्रदेश ३ की संयोजक गौरी देवकोटा अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । एकता अधिवेशनमा प्रमुख अतिथि अटल, विशेष अतिथि अम्बिका मुड्भरी, अतिथिहरु अन्जना तामाङ, इन्दिरा अधिकारी, गौरी देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस