अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा सम्पन्न भएको एकता भेलाले बालकृष्ण सिटौला संयोजक र रामशरण तिमिल्सिना सहसंयोजक रहेको ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता भेलामा महासंघका सहसंयोजकद्वय बसन्त बोगटी, बिनोद थापाको आतिथ्यता रहेको थियो ।

एकता भेलामा प्रमुख अतिथि ईश्वर तिमिल्सिना, अतिथिहरु बसन्त बोगटी र विनोद थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । बालकृष्ण सिटौलाको अध्यक्षता र रामशरण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न एकता भेलामा बालकृष्ण सिटौलाले संघको केन्द्रीय नीति र योजना प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पश्चात उक्त नीति योजना एकमतले पारित भएको थियो ।

एकता भेलामा महासंघका सचिवालय सदस्य सुजाता रोक्काले प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्यानल प्रस्ताव एकमतले पारित भएको थियो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस