अखिल(क्रान्तिकारी) द्धारा शैक्षिक संस्थाहरुलाई D.I. काे व्यवस्था खारेज गर्न माग

नेपालगन्ज : अखिल(क्रान्तिकारी),बाँकेले शैक्षिक संस्थाहरु मा राखिने D.I.काे व्यवस्था अविलम्व खारेज गर्न माग गरेको छ । अाज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुमा विभिन्न वाहानामा अभिभावकबाट मनलाग्दी शुल्क असूल्ने र गुण्डाहरु नियुक्त गरेर अनुशासनका नाममा छात्रमाथी भौतिक आक्रमण गर्ने, छात्रामाथी यौन दुर्व्यवहार गर्ने, विद्यार्थीलाई अनुचित किसिमका कारबाही पर्ने, अनुचित किसिमका दवाब दिने र विद्यार्थीमाथी सदैव मनोवैज्ञानिक त्रास सिर्जना गर्ने लगायतका अपराधिक क्रियाकलाप बढिरहेकाे कारणले सम्पूर्ण शैक्षिक संस्थाहरुलाई Discipline Incharge (DI)/Students Relation Incharge सम्बन्धी व्यवस्था अविलम्व खारेज गरि भयमुक्त एवं सुरक्षित वातावरणमा शिक्षा लिन पाउने विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्न अाग्रह गरेको छ । अखिल(क्रान्तिकारी) ले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

“पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुमा विभिन्न वाहानामा अभिभावकबाट मनलाग्दी शुल्क असूल्ने र गुण्डाहरु नियुक्त गरेर अनुशासनका नाममा छात्रमाथी भौतिक आक्रमण गर्ने, छात्रामाथी यौन दुर्व्यवहार गर्ने, विद्यार्थीलाई अनुचित किसिमका कारबाही पर्ने, अनुचित किसिमका दवाब दिने र विद्यार्थीमाथी सदैव मनोवैज्ञानिक त्रास सिर्जना गर्ने लगायतका अपराधिक क्रियाकलाप बढिरहेका छन् ।

यसै सन्दर्भमा कोहलपुर नगरपालिका -१० स्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालयमा कार्यरत DI नवलकिशोर यादवले सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र अकित चौधरी लाई निर्घात कुटपिट गरि कानको जाली फुटाइएको छ। त्रिभुवन नमूना माध्यामिक विद्यालयमा विद्यार्थीमायी भएको उक्त अपराधिक घटनाप्रति हाम्रो संगठन, सर्वप्रयम, घोर निन्दा र भत्सर्ना गर्दछ । यस घटनाका अपराधी नवलकिशोर यादवलाई तत्काल बर्खास्त गर्न र विद्यार्थी अकित चौधरीलाई उपचार सहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न विद्यालय प्रशासनसंग जोडदार माग गर्दछ । सो घटनालाई ढाकछोप गर्न अभिभावक र विद्यार्थीलाई विभिन्न दवाब र करकापमा पार्ने गरिएको छ। जुन खेदजनक छ । त्यसरी अभिभावक र विद्यार्थीलाई कुनै पनि किसिमको दवाव नदिनका निम्ति सम्बन्धित सवैलाई सचेत गराउँदछ ।

यसरी शिक्षा क्षेत्रमा मौलाएको गुण्डाराज हाम्रो संगठनलाई कुनैपनी हालतमा स्वीकार्य छैन। हाम्रो संगठन सम्पूर्ण शैक्षिक संस्थाहरुलाई Discipline Incharge (DI)/Students Relation Incharge सम्बन्धी व्यवस्था अविलम्व खारेज गर्न र भयमुक्त एवं सुरक्षित वातावरणमा शिक्षा लिन पाउने विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्न गराउन हुन सचेत गराउँदछ । अन्यथा, त्यस्ता विद्यालय/कलेजमा पुग्नजाने क्षतिको जिम्मेवारी सम्बन्धित संस्थाको हुनेछ ।

अन्त्यमा, शिक्षा आदान-प्रदान गर्ने शैक्षिक संस्थामा शैक्षिक गतिविधि बढाउनुपर्नेमा अपराधिक गतिविधि बढिरहेका छन् । त्यसका विरुद्धको आन्दोलनलाई साथ दिन र एकतावद्ध हुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुमा हार्दिक आव्हान समेत गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।”

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस