उपचारमा रहेका बिरामीहरुलाई दबाब दिएको भन्दै अखिल(क्रान्तिकारी) ले बुझायो मागपत्र

बुटवल : लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, प्रभास पाल्पालाई अखिल(क्रान्तिकारी) पाँच नम्बर प्रदेश संगठन समितिले ८ बुँदे मागपत्र पेश गरेको छ ।
बुधबार माेहन वैध “किरण” नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले मेडिकल कलेजमा पुगि उक्त मागपत्र बुझाएको छ । मागमा मेडिकल कलेजमा अध्ययनरत MBBS एवम् अन्य विद्यार्थीसंग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौ शुल्क फिर्ता गर्नुका साथै त्यस्ता शुल्क लिन अन्त्य गर्नुपर्ने,कमिशनका कारण फार्मेसीबाट लिइने औषधी सेवाग्राहिहरुलाई महङ्गो पर्न गएकोले औषधिमा लिइएको चकों शुल्क खारेज गर्नुका साथै वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक टचर गरिरहेको जनगुनासो व्यापक रहेको हुँदा यस्ता बिषयमा हस्पिटल संचालक सचेत हुन,लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा MBBS पास भएका विद्यार्थीलाई श्रम रोजगारको प्रलोभन दिई श्रममा लगाई झण्डै एक वर्ष देखी तलव (परिश्रमिक शुल्क) नदिई श्रमशोषण गरेको जनगुनासो आएकोमा उचित क्षेतिपूती सहित तलव उपलब्ध गराउनु पर्ने,क्याटिन र होस्टेलमा मापदण्ड विपरीत कमिशनको लोभमा ठेकेदारलाई दिई गुणस्तरहिन खाना खुवाई विद्यार्थी, डाक्टर, उपचारमा आउने सेवाग्राही नागरिकहरुको स्वास्थ्य माथि खेलवाड गरिएको बारम्बार गुनासो आइरहेको हुदा यस्ता समस्यालाई तत्काल सच्याउनु पर्ने,विद्यार्थीहरुको लागि अनिवार्य छात्र/छात्रा बासमा रहनुपर्ने भन्दै विद्यार्थी र अभिभावकलाई लुटपाट आतंक गरेको,विद्यार्थीका अभिभावकलाई धम्क्याउने गरेको लगायतका गुनासा व्यापक आइरहेकोले यस्ता नैतिकताहिन कार्य यथाशीघ्र बन्द गरिनु पर्ने,विभिन्न क्रान्तिकारी तथा परिवतनशिल आन्दोलनका घाइते, वेपत्ता र सहिदका परिवारजन, विद्यार्थी, कर्मचारीका अभिभावकहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिनु पर्ने,अदृश्य रुपमा जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी रहेको व्यापक जनगुनासो आइरहेको हुँदा उक्त व्यक्तिहरुको लगानी यथाशीघ्र फिर्ता गरिनु पर्ने लगायतका राखेको छ । मागपत्र राख्दै अखिल(क्रान्तिकारी) का केन्द्रीय कार्यलय सदस्य तथा पाँच नम्बर प्रदेश समितिका ईन्चार्ज दिपक बिष्टले तीन भित्र माग पुरा गर्न अल्टिमेटम दिएको समेत बताए । उनलेे माग पुरा नभए चरणबद्ध संघर्ष गर्न बाध्य हुने समेत बताए । मागपत्र बुझाउन अखिल(क्रान्तिकारी) पाँच नम्बर प्रदेश समिति संयाेजक नवीन खड्काकाे नेतृत्वमा केन्द्रीय सदस्य ईन्दु वलि,मनाेज थापा,संग्रामभियु थापा लगायतका विद्यार्थी नेताहरू पुगेका थिए ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस