क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले २८ औँ बेथान वीरता दिवस मनायो

रामेछाप : महान् जनयुद्धको पहिलो सफल फौजी मोर्चा र उक्त मोर्चामा उच्च त्याग, शौर्य र साहस प्रदर्शन गर्दै बलिदान गर्ने तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया मम्जन (तीफदि) को स्मृति र सम्मानमा बलिदान स्थलमै २८ औँ बेथान वीरता र दिलमाया स्मृति दिवस मनाइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापकाे सुनापति गाउँपालिकाले २८ औँ बेथान वीरता दिवस बेथान पानीघाटमा वीरता दिवस भव्य रुपमा बिहीबार मनाएको हाे ।

कार्याक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश संगठन समितिका संयोजक चन्द्रहरी सुवेदी ‘अटल’ले रहेका थिए ।

संयोजक अटलले ऐतिहासिक मोर्चा रामेछापको बेथानमा वीरता र साहस प्रदर्शन गरी बलिदान गर्ने महान् सहिदहरू तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

संयोजक अटलले सहिदहरुको सपनामाथि संसदवादी पार्टीहरुले धोकामात्र दिएका छैनन् कि बदनामसमेत गरेको बताएका छन् । कार्यक्रमम उपप्रदेश (ग)का इन्चार्ज सरद रसाइली र रामेछाप जिल्ला इन्चार्ज लांघाली मगर अतिथि रहेका थिए ।

सुनापति गाउँपालिकाका संयोजक काजीबाबु खड्काको अध्यक्षतामा जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए ।

स्मरणीय छ २०५३ साल पुस १९ गते राती नेकपा (माओवादी) पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथान पानीघाटमा छापामार दस्ताले सशस्त्र फौजी हमला गरी चौकी कब्जा गरेर सम्पूर्ण हातहतियार कब्जामा लिएको थियो ।

फौजी कारबाहीका क्रममा पूर्वाञ्चल उपक्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर तीर्थ गौतम, छापामार सदस्यहरू दिलमाया बम्जन र फत्तबहादुर स्माली मगरको सहादत भएको थियो ।

जनयुद्धको दोस्रो योजनाअनुसार योजनाबद्ध ढङ्गले छापामार इलाका निर्माण गरौँ नारासहित योजना कार्यान्वयन गर्ने क्रममा छापामार इलाका निर्माण गर्ने, युद्ध सामग्री कब्जा गरी दुस्मनको शक्ति छिन्नभिन्न गर्ने र छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्ने तीनवटा उद्देश्य तीनजना योद्धाको बलिदानका साथ बेथानको लडाइँले पूरा गरेको पार्टीको निष्कर्ष थियो ।

बेथानको सफल फौजी कारबाहीपछि पार्टीले बेथान मोर्चालाई बेथान वीरता दिवसका रूपमा स्थापित गर्ने उद्देश्यले पुस १९ गते वीरता दिवस मनाउन थालेको थियो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस