विप्लव पार्टी समाप्तिको यात्रालाई कसैले रोक्न सक्दैन् : अखिल(क्रान्तिकारी)

अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीकाे समाप्तिको यात्रालाई कसैले रोक्न नसक्ने बताएको छ ।अखिल(क्रान्तिकारी) केन्द्रीय नेता सहित जिल्ला अध्यक्ष र जिल्ला पदाधिकारीहरुले संयुक्त विज्ञप्ति जारि गर्दै यस्तो बताएका हुन् । उक्त केन्द्रीय समितिले संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै भनेको छ : “पार्टीको सैद्धान्तिक तथा वैचारिक विचलन, नवसंसदवादी राजनीतिक लाइन, भद्धा र नवउदारवादी आर्थिक अराजकता र अपारदर्शीता तथा निषेधवादी संगठनात्मक पद्धतिका साथै तिलस्मी राजनीतिक चिन्तनले नेकपा र अखिल (क्रान्तिकारी) लाई समाप्तिको यात्राबाट कसैले रोक्न सक्दैन। अन्याय र अत्याचार विरुद्ध विद्रोह गर्नु हरेक सदस्यहरुको अधिकार हो। यसर्थ हामी यी खराबीहरुका विरुद्ध लड्दै नेपालको क्रान्तिकारी आन्दोलनलाई विजयको मञ्जिलमा पुर्याउनका लागि पार्टी र संगठन भित्रका इमानदार, क्रान्तिकारी, परिवर्तनप्रेमी सम्पुर्णलाई विद्रोहका निम्ति हार्दिक अपिल गर्दछौं ।”
अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले निकालेको प्रेस वक्तव्य

“नेपाली क्रान्तिकारी विद्यार्थीहरूको प्रिय संगठनका रूपमा रहेको हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको आमूल परिवर्तनको संघर्षमा बलिदानीका गौरवगाथा रच्दै आजको दिनसम्म आईपुगेको छ। दलाल संसदीय व्यवस्थालाई परास्त गरेर नेपालमा जनताको आफ्नै राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्दै नेपाली विद्यार्थीहरुको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सपनालाई पुरा गर्ने जिम्मेवारी हाम्रो संगठनको थियो। परन्तु पार्टी र संगठन भित्रका केही नवसंसदवादी र केही दलाल ठेकेदारहरूले यसलाई आत्मसात गर्न सकेनन् । त्यसको फलस्वरूप पार्टी विभाजन, नेता कार्यकर्ताहरुमा पलायनता र क्षयीकरणका श्रृङ्खलाहरु निरन्तर चलिरहे। हामीले आजका दिनसम्म निरन्तर रूपमा पार्टी र संगठनलाई नवसंसदवादी, संसदवादी, अर्थवादी तथा व्यक्तिवादी आहालवाट मुक्त गर्न तथा क्रान्तिकारीकरण गर्न प्रयत्न गरिरह्यौं ।

हामीले पार्टी र संगठन भित्रका खराबीहरुका विरुद्ध निरन्तर रुपान्तरणको आवाज उठाएको परिणाम २३औं राष्ट्रिय सम्मेलनको तयारीमा इमानदारीपुर्वक जुटिरहेको सन्दर्भमा कुत्सित मनासय तथा हारको मानसिकताले संगठनका संयोजकले वक्तव्य जारी गरि हाम्रा विरुद्ध विभिन्न अनर्गल, भ्रामक र बनिवनाउ आरोप लगाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम हामी उक्त आरोपहरुको खारेज गर्दछौं । जथाभावी वक्तव्यबाजी गर्दै हिड्ने ती मान्छेहरूलाई हामीमाथी लगाईएका आरोपको पुष्टि गर्न चेतावनी दिन्छौं। हामी भ्रामक प्रचारको सशक्त प्रतिवाद समेत गर्नेछौ ।

पार्टीको सैद्धान्तिक तथा वैचारिक विचलन, नवसंसदवादी राजनीतिक लाइन, भद्धा र नवउदारवादी आर्थिक अराजकता र अपारदर्शीता तथा निषेधवादी संगठनात्मक पद्धतिका साथै तिलस्मी राजनीतिक चिन्तनले नेकपा र अखिल (क्रान्तिकारी) लाई समाप्तिको यात्राबाट कसैले रोक्न सक्दैन। अन्याय र अत्याचार विरुद्ध विद्रोह गर्नु हरेक सदस्यहरुको अधिकार हो। यसर्थ हामी यी खराबीहरुका विरुद्ध लड्दै नेपालको क्रान्तिकारी आन्दोलनलाई विजयको मञ्जिलमा पुर्याउनका लागि पार्टी र संगठन भित्रका इमानदार, क्रान्तिकारी, परिवर्तनप्रेमी सम्पुर्णलाई विद्रोहका निम्ति हार्दिक अपिल गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !”

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस