पिडितहरुले न्याय नपाए सिंगो दलित समुदायको आन्दोलनले न्याय दिने चेतावनी

काठमाडौं : बाजुरा जिल्लामा एक महिला माथि बलत्कार सहित जातीय विभेद भएको छ। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका वर्डा नम्बर ३ बस्ने एक सुनार थरकि महिला माथि बलत्कार भएको हाे । पुस १० गते राति १ बजे श्रिमान घरभन्दा बाहिर भएको अवसरपारि स्थानीय जंगसिंह बुढाले बलत्कार गरेका हुन । गर्भवती समेत रहेकि ती महिलालाई राति बच्चाबच्चि सँग सुतिरहेको बेला मार्ने धम्की दिदै बलत्कार गरेका थिए ।

बलत्कार पछि उनको श्रीमान र देवर न्यायकालागि जिल्ला प्रहरी कार्यालय बाजुरा पुगि मुद्दा दर्ता गर्न खाेज्दा बाजुराका DSP कबिन्द्र बोहराले मुद्दा दर्ता गर्न आलटाल गरि श्रीमान र देवर अमर सुनारलाई उल्टै थुनेपछि घटना बाहिरिएकाे हाे । dsp ले उल्टै अपशब्द प्रयोग गरि बडिबाेले यो डुमिनिलाई पनि थुन्छु । भन्ने समाचार पनि सामाजिक संजालमा बाहिरिएको छ।

यता एक विज्ञप्ति मार्फत आपत्ति जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट एकीकृत दलित मुक्ति माेेर्चा नेपालले पिडितलाई न्याय नदिए तत्काल थुनामा राखिएकालाई रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। माेर्चाका संयाेजक दर्शन कुमार नेपालीकाे हस्ताक्षर विज्ञप्तिमा दाेसिलाई हदैसम्मको कार्बाही हुनुपर्ने उल्लेख छ ।

विभेदकाे खाडल बनाउन खाेज्ने जात व्यवस्था र ब्राह्मणवादी चिन्तनकाे जरा उखेल्नु पर्ने र बलत्कारीलाई कानुन कार्वाही हुनुपर्ने माग छ। साथै केहि दिन अघि कालिकोटको पचाल झरना गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष करविरे कामी माथि साेहि पालिका वार्ड नम्बर २ का गाेकुल बाेगटिले सामाजिक संजाल फाेन मार्फत मार्ने धम्की सहित डुम कमारा तेराे घरमा बम हान्छु भन्नुले सिंगो दलित समाजलाई तर्सित बनाएको दलित अधिकार कर्मिकाे भनाइ छ। विज्ञप्तिमा पिडितहरुले न्याय नपाए सिंगो दलित समुदायको आन्दोलनले न्याय दिने भनिएको छ ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस