बालकुमारी हत्याकाण्डविरुद्ध ललितपुरको लगनखेलमा सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा ललितपुरको लगनखेलमा सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘बालकुमारी हत्याकाण्ड, बेरोजगार समस्या, राज्यको उदासिनता र नागरिक दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा उपप्रदेश (ख)का इन्चार्ज लालबहादुर बिसीको नेतृत्वमा भएको सडक अन्तरक्रिया कार्यक्रममा पार्टीका सचिवालय सदस्य आकाशले जनताको राय बुझ्दै जनताका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।

ललितपुर इन्चार्ज कगेन्द्र, जिल्ला संयाेजक कुमाल शिलवाल, पार्टी केस श्याम केसी लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख सम्बोधन इन्चार्ज लालबहादुर बिसीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने पार्टीका ललितपुर जिल्ला संयाेजक कुमाल सिलवालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस