ललितपुरका सिडिओलाई १२ सय विद्यार्थीहरुले हस्ताक्षर बुझाए

काठमाडौं : अखिल (क्रान्तिकारी) ललितपुरले बालकुमारी हत्याकाण्डको विरुद्धमा गरेको हस्ताक्षर संकलन ललितपुरको प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई बुझाएको छ ।

अखिल (क्रान्तिकारी)का ललितपुर संयोजक इश्वरसिंह साउदको नेतृत्वमा गएको टोलीले १२ सय भन्दा बढी विद्यार्थीहरुको संकलित हस्ताक्षर बुधबार विहान जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो । संगठनका जिल्ला संयोजक साउदले युवाहरुको रोजगारी र सम्मानपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस