गोपाल किरातीलाई रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालकाे माग

काठमाडौं : माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक तथा १ नं प्रदेश पुनर्नामाङ्कन संघर्ष समितिका राजनीतिक सल्लाहकार गोपाल किरातीलाई राजनीतिक कार्यक्रम गरेको आरोपमा गिरफ्तार गरी केही दिनदेखि हिरासतमा राखिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले किरतीलाई विनाशर्त अविलम्ब रिहाइ गर्न जोडदार माग गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक कार्यक्रममाथि प्रतिबन्ध लगाउने शैलीको सरकारी नीतिको तीव्र विरोध गर्दै गोपाल किरातीलाई विनासर्त अविललम्ब रिहाइका लागि जोडदार माग गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस