अखिल (क्रान्तिकारी) द्धारा पाल्ही बहुमुखी क्याम्पस परासीमा ईकाई समिति गठन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी)ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत परासीको पाल्ही बहुमुखी क्याम्पसमा ईकाई भेला गरिएको छ । भेलाले हरिगोपाल यादवको अध्यक्षतामा २१ सदस्सीय ईकाई समिति गठन गरेको छ । अखिल (क्रान्तिकारी) नवलपरासीको सक्रियतामा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा शिक्षा क्षेत्रमा राजनीतिक भागबन्डा बन्डा, देशको शिक्षा प्रणाली, श्रम तथा बौद्धिक पलायन र लागू औषधलगायतका मुद्धामा छलफल गरिएको थियो । छलफल पछि तीनवटै शैक्षिक संस्था इकाई सम्मेलन तथा कक्षा इकाईहरु गठन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्काले जानकारी दिनुभयो ।
अभियानमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्का, केन्द्रीय सचिवलाय सदस्य तथा प्रदेश सहसंयोजक इन्दु वली , केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक मनोज थापा , केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटालगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस