अखिल (क्रान्तिकारी) र सानोठिमी क्याम्पस बिच ६ बुँदे सहमति

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) र सानोठिमी क्याम्पस बिच ६ बुँदे सहमति भएको छ ।

अखिल (क्रान्तिकारी) सानोठिमी इकाई समितीले विद्यार्थी संग सम्बन्धित विभिन्न माग राखेर केही दिन पहिले बुझाएको मागपत्रको सन्दर्भमा क्याम्पस प्रशासन गम्भीर नभएको भन्दैं तालाबन्दी समेत गरेको थियो ।

त्यस्तै उक्त मागहरुको सन्दर्भमा क्याम्पस प्रशासनको गम्भिर ध्यान आकृष्ट भएको भन्दैं आईतबार क्याम्पस प्रशासन र संगठन बिच छलफल भएर ६ बुदे सहमति गरेको हो ।

क्याम्पस प्रमुख जगतकृष्ण पोखरेल र संगठनका इकाई संयोजक सागर कार्कीद्धारा हस्ताक्षरित सहमति पत्रमा २०७६ सालको छात्रवृतिको नतिजा प्रकाशित गरी मिति २०८०/०९/०३ गते देखि छात्रवृत्ति वितरण गरिने, क्याम्पसको छात्रावासमा प्रकृया विपरीत बसेका विद्यार्थीहरुको छानबिनको प्रकृया थाल्नी भई रहेको र छात्रावासमा बस्नको लागि नयाँ फाराम एक हप्ता भित्र खोल्ने, सहिद सप्ताहव्यापी खेलकुद कार्यक्रमका लागी स्ववियु लगायतका क्याम्पसमा क्रियाशिल विद्यार्थी संघ, संगठनहरुसँगको छलफल पछि खेलकूद कार्यक्रम संचालन गर्ने, ICT ल्यावलाई समयानुसार व्यवस्थित गरिदै आएको र आर्थिक व्यवस्थापनसँगै ल्याबहरु विस्तार र व्यवस्थित गरिदै लगिने सहमति भएको छ ।

त्यस्तै क्याम्पसमा विद्यार्थी भर्नादर बढाउन व्यापक रुपमा फ्लेक्स लगायत विभिन्न संचार माध्यमबाट प्रचारप्रसार गरिएको र आवश्यकता अनुसार अझ प्रचार प्रसारमा व्यापकता ल्याईने, विज्ञान प्रयोगशालामा आवश्यकता अनुसार सामग्रीहरु उपलब्ध गराइएको र आगामी दिनमा थप व्यवस्थित बनाउदै लग्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस