संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल ल्याउने नेता (माईला दाइ) अारसि चापागाईँको निधन

रुपन्देही : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल लिएर आउने एकमात्र नेता माईला दाइ अारसि चापागाईंकाे निधन भएको छ ।रुपन्देहीका पुराना वामपन्थी कम्युनिष्ट नेता रामचन्द्र चापागाईं (आरसी) मध्ये पर्नु हुन् । उहाँ लामो समयदेखि मुटुरोग,दमलगायतका रोगबाट ग्रसित भएका ७४ वर्षीय चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न निधन भएको हो। चापागाईं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल लिएर आउने एकमात्र नेता हुन् । भारतमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईंलाई त्यही कारणले सबैले माइला दाइ भनेर चिन्दथे।

स्याङ्जाको किचनास हाल विरुवा गाउँपालिकामा वि.सं. २००७ सालमा जन्मिएका चापागाईं नेपाली मार्क्सवादी दर्शन र सिद्धान्तमा निष्ठाका धरोहरको रुपमा चिनिन्छन्।
चापागाईंका श्रीमती थानकुमारी एमाले लुम्बिनी प्रदेश सदस्य तथा पूर्व प्रदेशसभा सदस्य हुन् । चापागाईं दम्पतीका एक छोरी छिन् ।

‘मार्क्सवादी कखरा’जस्तो उत्कृष्ट कृतिबाट मार्क्सवादी राजनीतिमा बौद्धिक रुपमा जमेका चापागाईंका ‘कम्युनिष्ट र लोकतन्त्र’, ‘माओवादी केन्द्रको अवधारणा’, ‘मालेमावाद जिन्दावाद’, ‘पुष्पलालको जीवनी’, ‘भारतीय माओवादी जनयुद्ध’, ‘मार्क्स २०० औं जयन्ती र संशोधनवाद’ जस्ता आधा दर्जन पुस्तकहरु प्रकाशित छन्।

चापागाईंले बुटवल क्षेत्रमा रहेर नियमित लेखरचनाहरु लेखिरहन्थेँ । नेपालको कम्युनिष्ट विचारक र मार्क्सवादी अध्येयता चापागाईंको निधनले ठूलो क्षति पुगेकाे विभिन्न बामपंथी कम्युनिस्ट बुद्धिजीवीहरु बताएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस