
सिराहा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट सञ्चालन भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय एवं केन्द्रीय स्कुल विभाग सदस्य सुदर्शनकाे अध्यक्षतामा पार्टी केन्द्रीय स्कुल विभागका सदस्य क.आमाेदकाे सञ्चालनमा भएकाे स्कुलिङकाे उदघाटन कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य एवं प्रशिक्षकहरु प्रतीक,एसटी,निर्मल र मधेश प्रदेशका संयाेजक रमेशले स्कुलिङ कार्यक्रमकाे ओैचित्य र महत्त्वमाथि धारणा राखेका थिए ।
कार्तिक १९ देखि २४ सम्म सञ्चालन हुने केन्द्रीय स्कुलिङ कार्यक्रममा सुदर्शन, प्रतिक ,एसटी,प्रवीर, निर्मल,
आमाेद र खलिलले दर्शनशास्त्र,वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्र सम्बन्धी विभिन्न विषयमा प्रशिक्षित गर्ने छन ।