गएराति जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्यडकाे भुकम्प,मानवीय एवम् भाैैैतिक क्षति

काठमाडौं : शुक्रबार राति जाजरकोट बारेकाेट रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतले ११ बजेर ४७ मिनेटमा भुकम्प गएको जानकारी दिएको हाे । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार सयौं जना मानिसहरूकाे मानवीय क्षति भएको पुष्टि भएको छ यस मध्य नलगाड नपा उप प्रमुख सरिता सिंहकाे पनि मृत्यु भएको छ । सयौं कै बराबरमा गम्भीर घाइते भएका छन घाइते मध्यहरुको केही जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत रिफर गरिएकाे छ।

उनले भने अहिलेसम्म जिल्लाकाे रिपोर्ट अनुसार सयौं जनाभन्दा बढी सामान्य घाइते छन् । जिल्ला भरि के कति क्षति भयो भन्ने एकिन हुनसकेको छैन राति भएको र सुचना संचार यातायातको पहुँच कम भएको जिल्ला हुनुले यथार्थ रिपोर्ट आउन समय लाग्ने उनको भनाइ छ । राति नै उद्धार टाेलि खटाइसकिएको छ । यद्यपि नेटवर्कका कारण दाेहाेराे फाेन सम्पर्क नहुदा कठिन परेको छ । उद्धारमा खटिएको टाेलि नै सम्पर्क बिहिन छ । उद्धार टाेलिले सम्पर्क गर्याे भने थप जानकारी आउनेछ ।

उद्धार र घाइतेको उपचारका लागि गृहमन्त्रालय सँग हेलिकप्टर माग गरिएको छ । आउदा बित्तिकै घाइतेहरुकाे उपचारको लागि काठमाडौं पठाउछाैं । भूकम्पबाट , पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरु क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । थप सुचना संकलन गर्नेक्रम जारी छ। यस्तै भुकम्पकाे धक्काले रुकुममा पनि मानवीय एवम् भाैतिक क्षति भएको खबर समेत प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस