क्रान्तिकारी कम्युनिस्ट पार्टी,काभ्रे तेमाल गाँउपालिकाकाे एकता अधिवेशन सम्पन्न

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउपालिका स्तरीय एकता अधिवेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सम्पन्न भयो ।नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत बिच एकता भए पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो।
एकता अधिवेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला संयाेजक बिनयराज शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने त्यतो पार्टीले मात्र क्रान्ति गर्ने भएकोले त्यो सबै आफ्नो पार्टीमा भएको दाबी गरे। क्रान्तिको लागि बस्तुगत अवस्था अनुकुल भएपनी आत्मगत अबस्था तयार नभएकोले आत्मगत अबस्था तयारी लागि जनताको माज आएको बताए।
नेपाली कम्युनिस्ट आन्दोलन धोका नै धोकाबाट आएकोले जनताले क्रान्ति गर्छ भन्ने कुरा बिश्वास नगरेको तर हामीहरु क्रान्ति गरेर छाड्ने स्पष्ट पारे। नेपाल कम्युनिस्ट आन्दोलनमा उग्रवाद र संसोधनवाद दुबै क्रान्तिको बाधक रहेको बताउदै आफुहरु यो दुबैबाट टाढा रहेको बताए। उनले १०/१० बर्षमा क्रान्तिहरुहुदै आएकोले अबको आन्दोलन निर्णायक हुने र त्यस दिशामा पार्टी प्रष्ट रहेको बताए ।
कार्यक्रममा केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्य तथा तेमालको पुरानो नेता रङ्ग वीर दोङ्ले आफुहरु आगोको झिल्को भएको आगोको झिल्कोले संसार खतम बनाउछ हाम्रो पार्टी अहिले आगोको झिल्को भएकाे बताए ।
उनले क्रान्तिको सुरुवातको समयमा थोरै हुने तर बिचार सिधाान्तले परिपक्व भएपछि जनता क्रान्तिको पक्षमा आएको उदाहरण दिदै जनयुद्ध कालमा हामी थोरै थियो बिचार र ब्याबहारले जनताले हामीलाई साथ दिएको र बिश्वास गरेको तर मुख्य नेतृत्वले धोका दिएकाले फेरि आन्दोलनको तयारी गर्नु परेको बताए ।
कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला सहसयोजक ढोग प्रसाद अधिकारीले जिल्ला र केन्द्रको परिपत्रको भाब सम्प्रेषण सहित पार्टीले लिएको कार्यनीति र रणनीतिको बारेमा पार्टीको धारणा सार्बजनिक गरे।
कार्यक्रममा प्रदेश सदस्य प्रदिप अस्तानी तेमाल को पुरानो नेता टेक ब तामाङ लगायतले सुभकामना मन्तब्य राखेका थिए। इलाका संयोजक सुर्य ब मोक्तानको सभापतित्वमा समन्न उक्त कार्यक्रम इन्चार्ज दर्शनको संचालन गरेका थिए।
बन्द सत्रले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका कमिटी गठन गरेको छ।जस्मा सदस्यहरु भिमराज तामाङ, इन्द्र तामाङ, लालमान तामाङ सरमथली ,लालमान तामाङ नारायणस्थान, साहिला तामाङ , कबिन्द्र दोङ र नेपाली रहेका छ्न् ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस