अाजकाे माैसम : पहाडी भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार वायुको प्रभावका कारण आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति भने आंशिक बदली रहनुका साथै मौसम सामान्यतया सफा रहने जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस