चर्चामा क्रान्तिकारी नेता किरणकाे पुस्तक “हिमालि दर्शन” संशोधनवादिहरुले गरे समिक्षा

बुटवल : नेपाली कम्युनिस्ट अान्दोलन भित्र पहिलोपटक माअाेवादकाे पदावलि प्रयोग गरि नेपाल मै जनताको जनमुक्ति सेना,जनसत्ता र जनअदालत निर्माण गरि प्रयोग गरि स्थापित भएका क्रान्तिकारी नेता मोहन वैध किरणले लेखेको हिमाली दर्शन पुस्तकको समिक्षा रुपन्देहीको बुटवलमा गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी हिमाली दर्शन पुस्तकको समिक्षा तथा छलफल गरिएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका अध्यक्ष तथा नेपाली कम्युनिष्ट अान्दोलनका एक सच्चा नेता माक्र्सवादी साैन्दर्यशास्त्री मोहन वैध किरणले लेख्नु भएको उक्त हिमाली दर्शन पुस्तकमा विभिन्न दर्शनबारे चर्चा गरिएको छ ।

उक्त हिमाली दर्शन पुस्तक समिक्षा कार्यक्रममा बोल्दै संविधान सभा सदस्य नजिर मियांले हिमाली दर्शन पुस्तक बहुआयमिक भएको उल्लेख गर्दै अब नेपाल दर्शनलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । धार्मिक सद्भाव र एकता कायम गर्न धार्मिक दर्शनलाइ पनि प्राथमिता दिएर अध्ययन,अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । हिमाली दर्शन पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक लिलाबहादुर केसीले दर्शनमा भारतीय साम्राज्यबाद हावी भएका कारण हिमाली दर्शनको जन्म भएको बताए । पूर्वी दर्शन भारतबाट निस्केको भन्ने विश्वलाई फैलाइएको भ्रमलाई हिमाली दर्शनले उक्त भ्रमको पर्दाफास गरेको बताउंदै हिमाली दर्शनले सबैलाई दर्शनबारे अध्ययन गर्न प्रेरित गरेको बताए । हरेक विषयलाई द्वन्द्वादको रुपमा विश्लेषण र व्याख्या गरेको पुस्तकले अध्ययन अनुसन्धान गर्न सजिलो बनाएको उल्लेख गरे ।

प्राध्यापक डाक्टर सुरेन्द्र गिरीले राष्ट्रबादमा आधारित हिमाली दर्शन पुस्तक व्यवहारिक र वैज्ञानिक रहेको बताए । छन्दवादी कवि कविराज पौडेलले वेद, गीतामा पनि द्वन्द्वात्मक भौतिकबाद छ भन्ने हिमाली दर्शन पुस्तकले देखाउन खोजेको उल्लेख गरे । लेखक तथा साहित्यकार ऋषिराम भुसालले हिमाली दर्शन पुस्तक ऐतिहांसिक भौतिकबादी चिन्तनमा आधारित रहेको बताए । पत्रकार डिआर घिमिरेले हिमाली दर्शनमा ६ वटा दर्शन र ३ वटा बौद्ध, जैन तथा लोकायत दर्शन भएको उल्लेख गर्दै हिमाली दर्शन नयां दर्शन नभएको तर्क गरे ।

उक्त कार्यक्रममा पत्रकार डाक्टर बालकृष्ण चापागाई, डाक्टर लक्ष्मी पोखरेल, पुनराम पोखरेल, खिमानन्द भण्डारी, माधव पौडेल, गणेश घिमिरे, यज्ञलाल सुवेदी, रुद्रलाल उपाध्यायलगायतले पुस्तकबारे आआफ्ना धारणा राखेका थिए । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता र लेखक ऋषी आजादको सञ्चालनमा कार्यक्रम भएको थियो ।
३ सय १४ पेजमा प्रकाशित उक्त हिमाली दर्शन पुस्तक दर्शनबारे अध्ययन गर्नका लागि उत्कृष्ट मानिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस