अाजकाे माैसम : पहाडी र हिमाली भू-भागमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षासहित हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाले राति देशभर मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस