मकवानपुरमा दुर्घटना,एकजनाको मृत्यु

०८० कात्तिक १२,मकवानपुर : मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामीको मृत्यु भएको हो ।

झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा घाइते भएका प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस