इजरायलमा मारिएलाई मधेस सरकारले पाँच लाख दिने घाेषणा

काठमाडौं : मधेश प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए । मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ

हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । इजरायलमा रहेका नेपालीमध्ये दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन् । इजरायलमा चार हजार पाँच सय नेपाली कामदार छन् । २६५ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस