क्रान्तिकारी युवा संगठन,कैलालीले बुझायाे जिल्ला प्रशासन कार्यलय,कैलालीमा ध्यानाकर्षण पत्र

कैलाली : क्रान्तिकारी युवा संगठन नेपाल कैलाली द्वारा जिल्ला प्रशासन कार्यालय कैलाली मा ८ बुदे ध्यानाकर्षण पत्र बुझाएको संगठनका प्रदेश संयोजक दिपेन्द्र सिंह ऐरीले बताएका छन् । बिहीबार संगठनका जिल्ला संयाेजक सुर्याले हस्ताक्षर गरेकाे जिल्ला प्रशासन कार्यालय कैलाली मा ८ बुदे ध्यानाकर्षण पत्र बुझाएको हाे ।

ध्यानाकर्षण पत्रकाे विवरण यस प्रकारकाे छ

लामो दुरी र छोटो दुरी का सवारी साधन नियमित चेकजाच गरी सिट भन्दा बढी यात्रुहरु हाल्नेलाई कानुनि कटघेरामा उभ्यानु का साथै मनपरी भाडा असुल्ने यतायात व्यवसायि लाई आवश्यक कार्वाहि गरियोस र जिल्ला अन्तर्गत रहेका बसपार्क मा साहयता कक्ष सञ्चालन मा ल्याईयोस ।
चाडपर्वको समयमा अखाद्य वस्तुहरु को बढ्दो बिक्रिवितरण हुने भएकाले उक्त कार्यलाई नियन्त्रण गर्न पहलकदमि चालियोस् ।
असाहयहरु लाई निसुल्क भाडा र विधार्थिहरु लाई भाडा मा ४५% छुट को व्यवस्था गरियोस् ।
घोडाघोडि नगरपालिका र श्रीस्थान निर्माण सेवा प्रा लि का सञ्चालक धननजय कठायत् ले रोयल्टी टेण्डर सम्झौता भएको ४/५ दिन अगावै रोल्टि काट्ने र रोयल्टि मा रकम मनोमानि ढङ्गले असुलि रहेको हुदा यस्ता अवैधानिक कार्य तत्काल अनुगमन गरी नियन्त्रण गरियोस् ।
चाडपर्वको बेला जाडरक्सि जुवातास् लागु ओसद को बढ्दो ओसारपसार र प्रयोग गरिने पाईएकाले उक्त कार्य का लागि आवश्यक प्रहरी प्रशासन परिचालन नियन्त्रण गरियोस् ।
सरकारी सवारी साधनहरु को बिदाका दिनहरु मा चरम दुरपयोग नियन्त्रण गरियोस् ।
लघुवित्त र सहकारी संस्थाहरु ले बचत पैसा दिन विभिन्न बाहाना मा आनाकानि गर्ने अनावश्यक मानसिक यातना दिने गरेकाले उक्त कार्य तत्काल बन्द गराईयोस् ।
धनगढिमा लगायत जिल्ला भरी रहेका मेडिकल हरु आवश्यक अनुगमन गरि मापदण्ड विपरित सञ्चालन भईरहेका मेडिकलहरु लाई कानुनि कार्वाहि गरियोस् ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस