
धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेश सङगठन समितिले बझाङमा भुकम्पबाट गएको पहिरोमा बेपत्ता र घाईते भयकाहरुको खोजि कार्य गर्न र संयमसेवकको भुमिकामा रहेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई उद्दार कार्यमा जुट्न अपील गरेकाे छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेश सङगठन समितिका ईन्चार्ज प्रबिर र संयोजक महानले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजि कार्यलाई गति दिन र घाईतेहरुको राज्यले निसुल्क उपचार मिलाउन भत्केका सबै भौतिक संरचनालाई तिब्र गतिमा निर्माण कार्यको ब्यवस्था मिलाउन सबै तहका सरकारसङ्ग जोडदार माग गरेका छन् ।
विज्ञप्तिकाे पूर्णपाठ –
“क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल आफ्नो स्थापना काल देखि नै जनताको साथमा छ । बझाङ जिल्लाको तलकोट केन्द्र बिन्दु बनाएर ६ दशमलव ३ म्याग्नेच्युटको भुकम्प गयको छ। भुकम्पले सुदुर पशिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा भुकम्पको ठुलो झट्टा दिई रहेको छ। उक्त भुकम्पमा सुदुर पशिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिलामा भौतिक संरचना भत्किनुका साथै मानविय क्षति हुन पुगेको छ । बझाङमा एक महिला मृत्यु भएको र केही बेपत्ता भयको र अन्य जिल्लामा धेरै मानिस हरु घाईते भयका छन । बेपत्ताको खोजि कार्यलाई गति दिन र घाईतेहरुको राज्यले निसुल्क उपचार मिलाउन भत्केका सबै भौतिक संरचना लाई तिब्र गतिमा निर्माण कार्यको ब्यवस्था मिलाउन सबै तहका सरकार सङ्ग जोडदार माग गर्दछौ। साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल मृत्यु भयकाहरु प्रति हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको गर्दछ ।
भुकम्पबाट गयको पहिरोमा बेपत्ता र घाईते भयकाहरुको खोजि कार्य गर्न र संयमसेवकको भुमिकामा रहेर काम गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका नेता तथा कार्यकर्तालाई उद्दार कार्यका जुट्न यसै विज्ञप्ति मार्फत जानकारी गराउद छौ ।”