वुटवलमा अखिल(क्रान्तिकारी) द्धारा प्रस्तावित शिक्षा विधेयक जलायाे

रुपन्देही : अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) रुपन्देहीले प्रस्तावित शिक्षा विधेयक वुटवलकाे पुष्पलाल पार्क चाेकमा जलाएको छ । प्रस्तावित शिक्षा विधेयक निजीकरण,व्यापारीकरण एवम् जनबिराेधि भएको कारण अखिल(क्रान्तिकारी) ले सरकारले सदनमा पेश गरेको शिक्षा विधेयक जलाएको हाे । अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष मनाेज थापाको नेतृत्वमा सडकमा अाएकाे अखिल(क्रान्तिकारी) ले प्लेकार्ड प्रदर्शन सहित नाराबाजी गर्दै उक्त विधेयक जलाएको हाे । विधेयक जलाउने कार्यक्रमलाई सम्बाेधन गर्दै मनाेज थापाले याे विधेयक तुरुन्तै खारेज गरि जनपक्षीय एवम् निशुल्क शिक्षा घाेषणा गर्न माग समेत गरे । यदि नगरिए थप संघर्षका कार्यक्रम मार्फत कडा जवाफ दिने समेत बताएका छन् । अखिल(क्रान्तिकारी)ले सदनमा पेश भएको शिक्षा विधेयक विरुद्ध असोज २ गते देशभर प्रस्तावित शिक्षा विधेयक जलाउने,असोज ३ गते मसाल जुलस,असोज ४ गते मन्त्री र सांसदहरूले लगानी गरेको विद्यालयको कालो ब्यानर राख्ने,असोज ५ गते देशैभर प्रदर्शन,असोज ७ गते मन्त्री र सांसदले लगानी गरेको विद्यालयमा प्रदर्शन,असोज ८ गते मन्त्री र सांसदले लगानी गरेको विद्यालयको प्रिन्सिपलको कार्यालय र लेखा शाखामा तालाबन्दी गर्ने,असोज ९ गते देशभर रचनात्मक प्रदर्शन सहितका संघर्षका कार्यक्रमहरु घाेषणा गरेको थियोे । साेहि कार्यक्रम अनुसार अाज शिक्षा विधेयक जलाएको हाे ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस