क्रान्तिकारी युवा संगठनको सुदूरपश्चिम संयोजकमा दिपेन्द्र सिंह ऐरी चयन

धनगढी : क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा दिपेन्द्र सिह ऐरी चयन भएका छन् । क्रान्तिकारी कम्युनिष्ट पाटी निकट क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा ऐरी चयन भएका हुन् ।

मंगलबार धनगढीमा क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशको एकता भेलाबाट ऐरीको संयोजकत्वमा २७ सदस्यीय प्रदेश कमिटि विस्तार गरिएको छ । संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै युवाका क्षेत्र र भ्रष्टाचार बिरुद्धमा शसक्त रुपमा विषय उठान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पाटीका सुप प्रदेश इन्चार्ज गुणराज लोहनी, प्रदेश संयोजक महान, सह सयोजक डायमण्ड, कार्यालय सचिव तपेन्द्र तिमिल्सिेना, संगठन इन्चार्ज लालकिरण सहितका नेताहरुले युवालाई प्रदेशमा भईरहेको बेथिति भ्रष्टाचार बिरुद्धमा शसक्त भएर जुट्न आब्हान गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस