क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेले दियो चेतावनी

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको शान्ति नगर बस्तीमा विभिन्न ठाउँहरुबाट लामो समय देखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिकहरुको बसोबास गरिरहेको बस्तिलाइ उचित व्यवस्थापन नभई विस्थापित गर्ने तयारीका साथ स्थानीय सरकार र केही कथित राजनैतिक दलबसी वस्तिलाई जवरजस्ति उठाउने निर्णयको घोर भर्त्सना गरिएको छ । मंगलबार जिल्लाका संयोजक बिशाल खाँले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
उनले अगाडि भने ‘यश नगरपालिका भित्र रहेका सुकुम्बासी ,भुमिहिन र अव्यवस्थित बसोवास गरि रहेका नागरिकलाई बैकल्पिक व्यवस्थापन गरि बस्तिलालाई व्यवस्थित गर्न माग गर्दैछौ,साथै केही राजनैनिक दल नामक भ्रष्टहरुको दबाबमा परेर उक्त बस्तीको नागरिक लाई दु:ख सास्ती दिने काम नगर्न अनुरोध गर्दछौ। अन्यथा जनताको बिचमा रहेर अनवरत रुपमा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।’
प्रेस विज्ञप्तिको पूर्णपाठ–
हाम्रो महान तथा गौरवशालि पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थापनाकाल देखि नै निरन्तर राष्ट्र, राष्ट्रियता, राष्ट्रियस्वाधीनता ,जनतन्त्र र जनजिविकाको सावलहरुको पक्षमा रहि दलाल संसदीय राज्य व्यवस्थाको उपहार भ्रष्टाचार, दलालिकरण, माफियाकरण, महंगी, राष्ट्रघात, कालोबजारि, बलात्कारको बिरुद्धमा निरन्तर संघर्षरत छ। दलाल संसदीय व्यवस्थाको अन्त्य नयाँ जनवाद हुदै बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाका निमित्त जनतामाझ रहेको कुरा अवगत नै छ। पार्टीले गरिब, अव्यवस्थित बशोवास, सुकुम्बासी, भुमिहिन हरुको बैकल्पिक व्यवस्थाको लागि विभिन्न माग गर्दै। संघर्ष गरिरहेका छौ। यसै सन्दर्भमा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको शान्ति नगर बस्तीमा विभिन्न ठाउहरु बाट लामो समय देखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिक हरु को बसोबास रहेको कुरा थाह नै छ।उक्त बस्तिलाइ उचित व्यवस्थापन नभई विस्थापित गर्ने तयारीका साथ स्थानीय सरकार र केही कथित राजनैतिक दलबसी वस्तिलाई जवरजस्ति उठाउने निर्णय गरेकाले यश निर्णयको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । साथै यश नगरपालिका भित्र रहेका सुकुम्बासी ,भुमिहिन र अव्यवस्थित बसोवास गरि रहेका नागरिकलाई बैकल्पिक व्यवस्थापन गरि बस्तिलालाई व्यवस्थित गर्न माग गर्दैछौ,साथै केही राजनैनिक दल नामक भ्रष्टहरुको दबाबमा परेर उक्त बस्तीको नागरिक लाई दु:ख सास्ती दिने काम नगर्न अनुरोध गर्दछौ। अन्यथा जनताको बिचमा रहेर अनवरत रुपमा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।
संयोजक
बिशाल खाँ”.

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस